Saturday, October 24

अमेरिकामा बस्दै आएका वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कवितालाई कोरोना पुष्टि

August 8, 2020 134

काठमाडौ । अमेरिकामा बस्दै आएका वरिष्ठ लोकगायक दम्पत्तीलाई कोरोना पुष्टि भएको छ । उनी अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत पनि हुन् । लोकगायक महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरस पुष्टि भएको हो ।

वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् । उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमित हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

उनले फेसवुकमा लेखेका छन्, ‘समुदाय का सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरू मा हार्दिक अपिल । यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोना ले हमि कसैलाई पनि अछुतो बनाऊने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ ।हामि अहिले आफ्नै घरको एक एक कोठा मा आईसोलेसन मा छोरा डा। सरगम महत को निरिक्षण र निगरानी मा बसेकाछौं।

यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्म नमानिकन यो रोग लाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण बिश्वास का साथ हजुरहरू मा हार्दिक अनुरोध गर्दछु। ईमान्दारिता ले गर्दा देश,समुदाय , स्वास्थ्यकर्मि र बिश्वस्वास्थ्य संगठन प्रति नै सहयोग पुग्नजानेछ।जय पशुपतिनाथ।’

उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा। सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।

कोरोनावाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमित भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गरेमा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।

प्रतिकृया दिनुहोस्