Friday, January 22

माया अन्धो हुन्छ भन्ने भनाई मलाइका र अर्जुनमा भएको छ लागू, यसरी गर्दैछन् हिमाचल प्रदेशमा रोमान्स

November 30, 2020 65

एजेन्सी । मलाइका अरोरा र अर्जुन कपुरको अफेयरको बारेमा त सबैलाई थाहा भएकै कुरा हो । विगत केही वर्षदेखि बलिउडका यो जोडी अरु जोडीको तुलनामा सबैभन्दा चर्चित जोडीको रुपमा चिनिंदै आएको छ । अर्जुनको मायामा अन्धो भएकी मलाइकाले अर्जुनलाई पाउनकोलागी आफ्नो श्रीमान अरबाज र उनका परिवारलाई त्यागेकी थिईन् । मलाइका र अर्जुनको उमेर निकै नै फरक छ ।

मलाइका र अर्जुनको प्रेम सम्बन्ध जब बाहीरियो तब पुरै बलिउडमा नै भूईँचालो आएको थियो । शुरुका दिनहरुमा यो जोडी ट्रोल भएतापनि हिजोआज भने यो जोडीलाई उनका फ्यानहरुले रुचाएका छन् । मलाइका र अर्जुन प्रायजसोसँगै देखिन्छन् । पछिल्लो समय उनीहरु आफ्नो रमाईलो समय हिमाचल प्रदेशमा बिताइरहेका छन् । जहाँ अर्जुन कपुर आउने फिल्म ‘भुत पुलिस’को शुर्टिङको लागि पुगेका थिए । उनीसँगै मलाइका पनि गएकी थिइन् ।भर्खरै मात्र मलाइकाले अर्जुन कपुरसँगै भएको एक तस्वीर सेयर गरेकी छिन् । यस तस्वीरमा अर्जुनको हात समातेकी छिन् । अर्जुनले कालो ट्राउजर र लाइट ग्रे कलरको तातो टिशर्ट लगाएका छन् भने मलाइकाले आलिव कलरको कपडा लगाएकी छिन् । दुवैको जोडी निकै मायालु देखिएको छ ।

यो तस्वीर सेयर गर्दै मलाइकाले एउटा स्टेटस् पनि लेखेकी छिन् । आफ्नो प्रेमी अर्जुनकोलागी उनले लेखेकि छन्, ‘जब तिम्रो आसपासमा रहन्छु तब कुनै पल फिका लाग्दैन ।’ उनको तस्वीरलाई खुलेर फ्यानहरुले प्रतिक्रिया दिइरहेका छन् । फोटोमा अर्जुनले पनि आफ्नो प्रतिक्रिया दिदै लेखेका छन्, ‘मलाई थाहा छ ।’

प्रतिकृया दिनुहोस्