Saturday, January 16

डन चक्रेलाई सडकबाटै घिसारे एसएसपी सिंहले

November 30, 2020 381

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंकाे प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी अशोक सिंह गु, न्डा ग, र्दी वि, रुद्ध कडा रुपमा प्रस्तुत भएका छन्।

परिसरको नेतृत्व सम्हालेपछि काम देखाउन र चर्चा कमाउनका लागि प्रमुखहरुले गु, ण्डाग, र्दी नि, यन्त्रणमा नचुक्ने बताउने गर्दछन् । सोही शैली अपनाउँदै एसएसपी सिंहले गु, न्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई खानतलासी गर्न लगाएका छन् ।

 

दरबारमार्गमा भिटारा गाडीमा सवार चक्रेलाई दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिई गाडी सहित खानतलासी गरेको हो । एसएसपी सिंहकाे आदेशमा दरबारमार्ग प्रहरीले शनिबार चक्रेमाथि खानतलासी गरेकाे हाे ।

राजधानीका केही पुराना गुण्डा फेरि हा, त ह, तियार सहित हिँड्ने गरेको सूचना प्रहरीमा पुगेको थियो । सोही सूचनाको आधारमा सडकमा हिडिरहेका चक्रे मिलनमाथि खानतलासी गरिएको प्रहरीकाे भनाइ छ ।

चक्रेबाट केही बरामद नभएपछि उनलाई छाडिएको थियो । एसएसपी सिंहले चक्रे मिलनलाई प्रहरीले खानतलासी गरेको र केही नभेटिएपछि छाडिदिएको पुष्टि गरे।

काठमाडौंमा अहिले गु, ण्डा ग, र्दी खासै नभएपनि चर्चा कमाउनकै लागि एसएसपी सिंहले चक्रेमाथि खानतलासी गरेको चक्रेका सहयोगीहरुले आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्