Monday, January 18

पागलपन हमला काण्ड : धान खेतमा काम गरिरहेका ४३ मजदुरको रेटेर हत्या !

November 30, 2020 749

उत्तर–पूर्व नाइजेरियामा शनिबार भएको एक हमलामा कम्तीमा ४३ को मृत्यु भएको छ ।नाइजेरियाका राष्ट्रपतिले यो हमलालाई पागलपनको संज्ञा दिएका छन् मिडिया रिपोर्टका अनुसार हमलाकर्ताले धानको खेतमा काम गरिरहेका मजदुरलाई बाँधेर उनीहरुको घाँटी रेटेका छन् यो हमला बोर्नो राज्यको राजधानी मेडूगरी नजिकै भयो । यो इलाकामा बोको हरम र इस्लामिक स्टेट पश्चिम अफ्रिकासँग सम्बन्धित चरमपन्थी सक्रिय छन् ।यो हमलालाई पछिल्ला केही महिनामा भएको हमलामध्ये सबैभन्दा विभत्स हमला बताइएको छ ।अहिलेसम्म कुनै पनि संगठनले यो हमलाको जिम्मेवारी लिएको छैन ।राष्ट्रपति मोहम्मदू बुहारीले यो हमलाको निन्दा गर्दै भनेका छन् मिहिनेती मजदुरमाथि गरिएको यो हमलाको जति निन्दा गरेपनि कम छ । पूरा देश लज्जास्पद हत्याबाट आहत छ ।केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दैै समाचार एजेन्सी एएफपीले लेखेको छ हामीले अहिलेसम्म ४३को शव भेटेका छौं । सबैको रेटेर हत्या गरिएको छ । ६ व्यक्ति यस्ता पनि छन् जसको शवमा गम्भीर चोट छ । केही मजदुर गायब भएको पनि बताइएको छ ।

प्रतिकृया दिनुहोस्