सोमबार ०६ बैशाख २०७८

सल्यानमा आफ्नै दिदीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया किशोरी गर्भवती भएको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । घटना बारे कसैलाई केही जानकारी नदिएकी किशोरीको आठ महिनाको गर्भ रहेको खुल्न आएको छ ।

घटना बाहिरिएपछि पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका छन् । जाहेरीका आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । बलात्कार आरोपित बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भरहेको प्रहरी भनाई छ ।

sudursanchar2

२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया