शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं । उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए । आफूले विश्राम चाहँदा यस्तो बेलामा भा ग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो ।पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए ।

नेता नेपालले भने, “नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भा ग्यो भन्ने छ । तर म अब राजनीतिबाट बिश्राम लिने सोच्दैछु ।”छिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल दुई ध्रुवमा फर्किएका छन् ।

ओलीलाई देखाइदिन उनले आफ्नो अलग गुट बनाएर हिँडे तर समयले माधव नेपालको साथ दिएन र उनी सडकमा पुगे ।त्यतिमात्र होइन, ओली पक्षका महासचिव मिलेर पार्टीमा ओलीले बलियो पकड बनाए र माधव नेपाल समुहका सबैलाई कारवाही गरेर निकाले ।

ओलीले माधव नेपाल पक्षका नेतालाई आफूतिर ल्याएर माधव गुटलाई सानो बनाउँदै लगे । पार्टीमा उनलाई एक्ल्याएपछि बाध्य भएर प्रचण्डको फेरो समात्न पुगेका माधव नेपाल अब के गर्लान् त्यो त हेर्न बाँकी नै छ ।

Sansarko khabar

५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया