Monday, November 23

काठमाडौंको उपत्यकामा कोरोना संक्रमितहरु बढेसँगै असन, इन्द्रचोक, टेकु र न्यूरोड सिल गर्ने तयारी

August 8, 2020 58

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरु बढेसँगै मुख्य व्यापारिक क्षेत्रहरु असन, इन्द्रचोक, टेकु र न्यूरोड सिल गरिने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि उक्त व्यापारिक क्षेत्रहरु सिल गर्ने जनाएको हो । काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै बढी भीडभाड हुने स्थानरुमा सिल गर्ने निर्णय गरेको बताइएको छ ।

आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले काठमाडौं उपत्यकाका बढी भीडभाड हुने बजार तथा बिभिन्न स्थानहरुमा निगरानी बढाउने निर्णय पनि गरेको थियो ।

बैठक पछि कोरोना संक्रमण देखिएका स्थान र बस्ती आसपासका क्षेत्र सिल गर्ने गरी तयारी भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।news24

प्रतिकृया दिनुहोस्