Friday, January 22

कुवेत लगिदिन्छु भन्दै चार महिलालाई भारतमा ब’न्ध’क बनाउने युवा पक्राउ

August 8, 2020 224

काठमाडौं । कुवेत लैजान्छु भन्दै भारतको एक कोठामा चार युवतीलाई ब’न्ध’क बनाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेका उनी फ’रा’र थिए ।

सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङ काठमाडौंवाट पक्राउ परेका हुन् । उनलाई प्रहरीले सोमवार प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो।

उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका चार जना महिलाहरुलाई तामाङ समेतले विभिन्न मितिमा कुवेतमा राम्रो तलब हुने घरायसी काममा लगाइदिने भन्दै प्रलोभनमा पारी २०७३ चैत्रमा वीरगञ्ज नाका हुँदै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा ब न्ध क बनाइ राखेका थिए। भारतस्थित नेपाली दूतावास समेतको सहयोगमा उनीहरुको उद्धार गरेर २०७४ जेठमा काठमाडौं ल्याई आफन्तको जिम्मा लगाइएको थियो। तामाङ उपर कानुन बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्