Saturday, January 16

१२ बर्षिय छोरी १० बर्षका छोरा,पेन्सन, पसलको नगद सम्पत्ति र गरगहनासहित लक्ष्मी बेपत्ता खोजिदिन श्रीमानको अनुरोध

November 28, 2020 59

सुदुर समाज काठमाडौँ। गोरखा घर भएकी ३० बर्षया लक्ष्मी दानी विगत १० दिन देखि राइरहेकी छिन् । खैरेनीबाट हराएकी लक्ष्मीको परिवारले जो कसैले देखेमा आफूहरुलाई खबर गरिदिनहुन अनुरोध गरेका छन् । लक्ष्मीका श्रीमान दिपक दानीका अनुसार लक्ष्मी छोराछोरीका साथ पसल गरेर बसेकी थिइन् । दलिपावलीको टीका पछिल्लो दिनदेखि लक्ष्मी सम्पर्कविहिन भएकी हुन् ।

उनका १२ बर्षिय छोरी र १० बर्षका छोरा गरि दुई सन्तान छन् । लक्ष्मीका श्रीमान दिपकले छोराछोरोको मुख हेरे भएपनि फर्किन आग्रह गरेका छन् । साथै कसैले देखेमा खबर गरि सहयोग गरिदिन पनि अनुरोध गरेका छन् । दिपककका अनुसार प्रहरीबाट आएको पेन्सन, पसलको नगद सम्पत्ति र गरगहनासहित लक्ष्मी बेपत्ता भएकी हुन् ।

‘म गाउँमा काममा व्यस्त थिए । छोराछोरी लक्ष्मीसँगै थिए । लगातार आफन्त र चिनेजानेकोमा खबर गर्यौ तर कतै पत्ता लागेन ।
प्रहरी कार्यालयमा पनि खबर गरेका छौं । छोरोछोरोले पनि आमा खोजिरहेका छन् । लक्ष्मी जहाँ भए पनि सम्पर्कमा आए र घर फर्क।’ नेपाल रैबारसँग कुराकानी गर्दै उनले भने । हराइरहेकी लक्ष्मी(फोटोमा रहेकी महिला) लाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४९२५७३१४ वा ९८२७१२९१७२ मा सक्पर्क गरि खबर गरिदिनुहोला। कृपाय यो खबर सामाजिक सन्जालमा सेयर गरेर सहयोग गरिदिनुहोला

सुदुर समाज

प्रतिकृया दिनुहोस्