Friday, January 22

अनैतिक सम्बन्धले दुई परिवार भताभुंग: कोही जेलमा कोही अस्पतालमा, एक जनाको निधन (भिडियो हेर्नुस्)

November 28, 2020 177

काठमाडौ । प्रकाश दाहालको आफ्नो श्रीमतिसंग करिब ४ महिना देखि राम्रो सम्बन्ध थिएन । उनी घर छोडेर नै हिडेका थिए । श्रीमतिले धेरै पटक गाउँका मानिस समेत राखेर समस्या सुल्झाउने कोशिष गरिन् तर प्रकाश मानेनन् । उनै महिलाका लागि भनेर श्रीमति छोडेर हिडे । आफ्नो श्रीमतिलाई वास्ता नगर्ने, भाउजु भन्दै उतै बस्न जानुहुन्थ्यो, प्रकाशको श्रीमतिले भनिन्, मलाई मेरो माइतीले नै सहयोग गर्नुहुन्थ्यो

टिकामाया पौडेलसंग नाम जोडिए पछि नै दुई वर्ष देखि प्रकाशको ब्यवहार फेरीएको श्रीमतिको भनाई छ । ब्यवहार परिवर्तन हुँदै गयो, मैले माइती र घरका सदस्यलाई पनि भनेर सम्झाउन लगाउँदा म संग रिसाउन थाल्नुभयो । त्यसपछि झन सम्बन्ध विग्रियो । उनले आफुले प्रत्यक्ष भने नदेखेको बताइन् ।

्घर छोडेर गएको नै चार महिना भइसकेको उनको भनाई छ । उनले छोराछोरी पनि लिएर गएर कोठा भाडामा राखेको उनले बताइन् । ठूलो छोरीलाई होस्टलमा राख्ने भनेर लिएर गएको उनको भनाई छ । उनले छोराछोरीलाई पनि आफुसंग बोल्न र आउन पनि नदिएको उनको भनाई छ । उनले आफ्नो श्रीमान् लाई भेट्न अस्पताल पनि गएकी छैनन् । टिकामायासंगको सम्बन्ध भएकै कारण आफ्नो परिवार विग्रिएको उनको भनाई छ ।

फोनमा टिकामायासंग त कुराकानी भएको बताइन् । किन यस्तो कुरा सुनिन्छ दिदी भनेर मैले सोधेको थिए, पौडेलको छोरी भएका कारण मैले दिदी नै भनेर बोले । उनले भनिन् टिकामायाको माइतीले पनि छोरीलाई त्यस्तो नगर भनेर बारम्बार सम्झाएको पनि आफुले थाहा पाएको बताइन् ।

प्रतिकृया दिनुहोस्