Monday, January 18

अर्जेन्टिनी लिजेन्ड फुटबलर म्याराडोनाको निधन पछि भावुक बनेका ब्राजिलियन लिजेन्ड ‘पेले’ भन्छन् “हामी एकदिन आकाशमा सङ्गै फुटबल खेल्नेछौ”

November 26, 2020 170

विश्व फुटबल ईतिहासको महान खेलाडी अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनाको निधनमा ब्राजिलका महान् फुटबलर पेलेले भावुक शोक सन्देश व्यक्त गरेका छन्। बुधबार ६० वर्षको उमेरमा म्याराडोनाको हृदयघातका कारण निधन भएको थियो।

खेलाडिको रूपमा अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकप उपाधि जिताएका म्याराडोनाले सन् २०१० को विश्वकपमा प्रशिक्षक को भूमिकामा अर्जेन्टिनालाई क्वाटर फाइनल सम्म पुर्याएका थिए। उनै महान खेलाडी म्याराडोनाको निधनपछि ब्रजिलका अर्का महान खेलाडी पेलेले सामाजिक सन्जाल ट्वीटरमार्फत् उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।

पेलेले पछि आफ्नो निधनपछि आफूले आकाशामा म्याराडोना सङ्ग फुटबल खेल्ने बताएका छन् । पेलेले भनेका छन् “‘ मैले एक महान् मित्र गुमाए। विश्व फुटबलले एक लिजेन्ड खेलाडी गुमाएको छ। धेरै कुरा भन्न बाँकी छ, तर भगवानले उनको परिवारलाई बल दिउन। म आशा गर्छु कि एकदिन हामी आकाशमा सङ्गै फुटबल खेल्नेछौं।”

प्रतिकृया दिनुहोस्