शुक्रबार ३१ बैशाख २०७८

काठमाडाैं– नेपाली फुटबलर विमल घर्तीमगरको घुँडाको शल्यक्रिया भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा उनको कतारमा शल्यक्रिया भएको हो। मंगलबार शल्यक्रियापछिको सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर पोष्ट गर्दै उनले भावुक स्टाटससमेत लेखेका छन्।

सायद मैले गरेको गल्तिको सजाय आज पाउँदै छु। प्रतिस्पर्धाको समयमा म केही समयको लागि अड्किएको छु, तर हिम्मत हारेको छैन। मैले नयाँ खेल जीवनको सुरुवात गर्नेछु। जुन माया विश्वास र साथ पाएको थिए त्यो फेरि पाउनेमा आशावादी छु’, विमलले लेखेका छन्।

उनले उपचारकाे लागि सहयाेग गर्ने एन्फा र शुभचिन्तकहरुलाई धन्यवादसमेत दिएका छन्। ‘मेरो चोटलाई मलम लगाई दिनुहुने सबैलाई म धन्यवाद दिन चाहान्छु। बिशेष गरी यो समयमा मलाई सहयोग गर्दिनु भएकोमा एन्फाप्रति आभारी छु।’ २३ वर्षीय विमलले सिनियर राष्ट्रिय टोलीका लागि ३५ खेलमा ८ गोल गरेका छन्।

sansarkokhabar

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया