बुधबार ०९ आषाढ २०७८

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सडकमा खाते भनेर अपमान सहनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

शनिबार एमालेनिकट महिला कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा सडकमा खाते भनेर अपमान सहनुपर्ने अवस्था नरहेको र भिख माग्नेको निर्मुल पारिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सडकमा खाते भनेर अपमान सहनुपर्ने अवस्था छैन । भीख माग्ने वास्तविक मगन्तेलाई सरकारले लैजाने र जाँड खाने भिख माग्नेलाई लैजादैन ।’

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेपालको विकासलाई कोभिडको महामारीले पनि रोक्न नसकेको बताउनुभएको छ । शनिबार एमाले निटक महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोभिडको महामारीले पनि नेपालको विकासलाई रोक्न नसकेको उहाँले बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कोभिडको महामारीले नेपालको विकासमा रोक्न सकेन । विरोधीहरुले प्रतिरोध गरे पनि विकासमा रोक लागेन । मेलम्चिको पानी अब केही दिनमै सबैको धारामा आउँछ ।’विकसित देशको तुलनामा नेपालमा महिलाको सहभागी दुई गुणाले बढेको पनि उहाँले बताउनुभएको छ । ३३ गुणाको संख्याको सहभागिता पूर्ण रुपमा कार्यान्वयनमा आएर यति छोटो समयमा महिलाको सहभागिता बढ्नु खुसीको कुरा रहेको उहाँको भनाइ छ ।

महिला समाज परिवर्तनका निम्ति विभिन्न आन्दोलनमा सशक्त ढंगले जागरुक भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ । महिलाको उक्त जागरणलाई अझ अगाडी बढाउनुपर्ने बताउदै यसका लाथि थप हौसला प्रदान गर्ने बताउनुभयो ।

aafnakura

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया