बुधबार ०८ बैशाख २०७८

विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी नवीना लामा अहिले सांसद् छिन्। राजनीतिमा क्रा’न्तिकारी छवि बनाएकी उनी मातृत्वको सवालमा भने इ’मोसनल देखिइन्। जब उनी आमा बनिन् उनलाई सांसद्, महिला नेत्री सबै परिचय गौ’ण लाग्यो। उनले ‘प्र’सव पी’डा र खुसी’का लागि बाँ’डेको मा’तृत्व अनुभव :

विद्यार्थी राजनीतिमै सक्रिय थिए। त्यही क्रममा भेटिए प्रवीण श्रेष्ठ। हाम्रो प्रेम यात्रा १२ वर्षसम्म चल्यो। आ’न्दोलन र राजनीतिक यात्रामा धेरै भेटिए। तर, प्रेम र विवाह आफ्नो नियन्त्रणको विषय होइन रहेछ। प्रवीणसँगको यात्रा भने निकै सुखद् रह्यो। उनी नेवार समुदायको सदस्य, म तामाङ समुदायको।

अन्तरजातीय सम्बन्ध भएकाले परिवारलाई विवाहमा मनाउन समय लाग्यो। तर, छोराछोरीको इच्छा आमा–बुबाले नकार्न नसक्ने रहेछन्। दुवै परिवार राजी भएपछि परम्परा अनुसारै विवाह भयो। विवाहपछि हामीले एक वर्ष बच्चा नजन्माउने योजना बनायौं। पहिलो कारण मेरो अखिलको दुई वर्षको कार्यकाल बाँकी थियो।

पार्टीले पनि सांसद् बनाएको थियो। उनी राजी भए। एक वर्ष त त्यतिकै बित्ने रहेछ। एक वर्ष क’टेपछि दुवैले अब अभिभावक बन्नुपर्छ, धेरै ढिला गर्नुहुन्न भनेर योजना बनायौँ। तर, लामो समय ग’र्भ नै बसेन। चिकित्सककोमा गयौँ। स’मस्या केही देखिएन। तर, ग’र्भ नै नबस्ने। अति भएपछि दुवैले हो’लबडी परीक्षण गर्याैं।

श्रीमानमा सु’गरको स’मस्या थियो। त्यसले पो हो कि भन्ने शंका पनि लाग्यो। कतै शु’क्रकी’टको कमी भएर हो कि ? भन्ने पनि भयो। तर, चिकित्सकले यसकै कारण मात्र बच्चा नबस्ने भन्ने हुँदैन भने। त्यसपछि ८–९ महिना औ’षधी नै खाएँ। बच्चा नहुँदा स’मस्यामा परेको परिवार देख्दा आफ्नै बच्चा हुनुपर्छ भन्ने के छ र जस्तो लाग्थ्यो।

तर, यो बीचमा थाहा पाए बच्चाको रहर भनेको के हो भनेर। बडो ड’रलाग्दो हुने रहेछ यो रहर। त्यसमा नेपाली समाज नै अनौठो। बिहे नभएसम्म कहिले बिहे गर्ने सोधेर हैरान पार्ने, बिहेपछि बच्चा किन नपाएको, केही स’मस्या भएर हो कि? उमेरमै पाउनु पर्छ भनेर हैरान पार्ने।

अहिलेसम्म बच्चा नपाएको भनेर सोध्दा मन च’सक्क हुने रहेछ। मातृत्वमाथि नै शंका गरेझैँ लाग्ने। बडो पी’डा हुने रहेछ त्यो बेला। प्रवीणलाई अझै बढी बच्चाको चाहना। मलाई पनि चाहना नभएको होइन। तर, म अलि सम्हालिन्थें। दुवैमा केही स’मस्या देखिएको छैन भइहाल्छ नि भनेर सम्झाउँथें म।

तर, प्रवीणलाई बच्चाप्रतिको रहर देख्दा ड’र लाग्ने। उसको रहर देखेर ‘साँच्चै म आमा बन्न नसक्ने पो हो कि ?’ भनेर ब’डो पीर लाग्यो। म’हिनावा’री हुँदा घरमा सासूले ‘फेरि पर स’रेको’ भनेर भन्दा आफैलाई नरमाइलो लाग्ने। ३५ वर्ष क’टेपछि बच्चा पाउन गाह्रो हुन्छ भन्थे। हाम्रो उमेर पनि त्यसकै हा’राहा’रीमा थियो।

कतिले त अचेल महिलाहरूको म’हिनावा’री छिटो सुक्छ, पुरुषहरूको शु’क्रकी’ट पनि कम भएर बच्चा हुँदैन भनेको सुन्दा मनै भ’रंग हुन्थ्यो। बरु केही थाहा नभए ढुक्कै। जतिलाई देखायो, जतिलाई सोध्या उति ड’र मात्र लाग्ने रहेछ। यता केही पत्ता नलागेपछि एक पटक भारत गएर देखाउनुपर्छ कि क्या हो भन्ने लाग्यो।

घर सल्लाह गरेर गंगाराम हस्पिटलमा जँ’चाउन गयौँ। दुवैको हो’लबडी चेकअप गर्दा प्रवीणको सु’गर अनि मेरो पाठेघरमा ले’यर पा’तलो देखायो। पा’ठेघरको ले’यर पा’तलो भएकाले बच्चा बस्न नसकेको हो कि भनेर हि’स्टोको’बी (पा’ठेघर स’फा गर्ने) गर्याैं ।पा’ठेघर पातलो उमेरको कारण पनि हुँदो रहेछ। मलाई औ’षधी दिइयो।

त्यहीबाट थाहा भयो पुरुषको सु’गर बढेर बच्चा हुन खासै फरक नपर्ने रहेछ। भारतमा जँ’चाएपछि बरु मेरैमा स’मस्या देखियो। परीक्षणपछि दिएको औ’षधी एक महिना खाएपछि ग’र्भ बस्यो। गंगाराम अस्पतालमा जँचाउन जाँदा म जस्तै स’मस्या भएका धेरै महिला भेटेँ। उनीहरूको दुःख मेरोभन्दा कम थिएन।

मेरो त बिहे भएको धेरै समय भएको थिएन। तर, मैले भेटेका महिलाहरू १०–१५ वर्षसम्म पनि ग’र्भ नबसेकाहरू थिए। भारतसँग नजिक भएर होला त्यहाँ नेपालको सुदूरपश्चिमका महिलाहरू धेरै थिए। त्यसमध्ये एक महिलासँग उनका पी’डा सुन्न पाएँ। लामो समय बच्चा नपाउँदा सासू र श्रीमानले समेत पि’ट्ने रहेछन्।

त्यो दिदीको जि’उभरि घा’उका दा’गादा’ग थियो। ‘बच्चा भएन अब डि’भोर्स देऊ’, ‘अ’लच्छिन’, ‘घर बि’गार्याे’ भनेर मा’नसिक पी’डा दिएको घटना सुन्दा आ’ङै सि’रिंग बनायो मेरो त। यतिसम्म त’नाव दिएछन् कि उनले वि’षै खाइछिन्। उनी बाँ’चिन् । छि त्यही गएर जँ’चाएपछि उनको ग’र्भ बसेको रहेछ।

कुरा गर्दागर्दै उनले अँगालो हाल्दै ‘बहिनी म त झन्डै म’रिनँ’ भन्दा आँसु नै थाम्न सकिनँ। यस्तै धेरै पात्रहरू भेटिए त्यहाँ। उनीहरूको पी’डा सुन्दा त मेरो केही पनि हैन भन्ने लाग्यो। बच्चा नहुँदा मा’नसिक पी’डा त भएको थियो। तर, परिवारबाट ट’र्चर भएको थिएन। श्रीमान्, घर परिवार सबैबाट सहयोग पाएको थिए।

दुई महिना हामी उतै बस्यौँ। यो बीचमा मनमा यति तर्कना खेल्यो कि के कुरा गर्नु ? बच्चा त बस्यो तर सहजरूपमा हुर्कने हो÷होइन ? अन्य समस्या पो आउने हो की ? भनेर अनेक कुरा खेल्ने मनमा। दुई महिनापछि जँ’चाउन जाँदा अर्को तनाव। बच्चा त न’लीसङ पो छ भन्छ।

न’लीमै गयो भने आमा र बच्चा दुवैको ज्यान जान सक्ने ख’तरा हुन्छ भने। मलाई हेर्ने डाक्टरले दुख्यो र ब्लि’डिङ भयो भने तुरुन्तै आउनु पर्छ है भने। दुवै त’नावमा। दुवैको ज्यान ख’तरामा पर्छ भनेपछि प्रवीण झन् त’नावमा। एक हप्ता अस्पतालमै कुर्याैं ।हप्ता दिनपछि जँचाउँदा पनि बच्चाको अवस्था जस्ताको त्यस्तै।

उनीहरूले दिल्लीको एम्स् हस्पिटलमा अ’ल्ट्रासाउन्डको रि’फर गरे। मन यति आ’त्तियो कि के भन्ने ! आँखाबाट आँसु नै रोकिएन। म त रोएको रोयै। मेरो हालत देखेर प्रवीण पूरै न’र्भस हुने भइहाले। तर, हामीले गर्न सक्ने केही थिएन। अ’ल्ट्रासाउन्डपछि ‘त’नाव लिनु पर्दैन, न’लीसङको बच्चा होइन’ भने।

सास आयो। तर अर्को स’मस्या थपियो। पाठेघरमा मासुको ड’ल्लो देखियो। अब यो खबरले खुसी हुने कि दुःखी हुने बनायो मलाई। अ’प्रेसन गरेर पाठेघरको ड’ल्लो नि’कालियो। ड’ल्लो निकाल्दा बच्चा र मलाई केही अ’सर गरे। चिकित्सकले अब सबै ठिक छ भने पनि मन ढुक्क हुन सकेको थिएन। अर्को स’मस्या थपिने पो हो कि भन्ने लाग्ने रहेछ यस्तोमा।

त्यति बेलासम्म चीनमा कोरोना भाइरस देखिन थालिसकेको थियो। अब बच्चा भारतै जन्माएर नेपाल जाने हो कि नेपाल गएर पाउने भन्ने दुबिधा सुरु भयो। चिकित्सकले अब स’मस्या हुन्न भने। घर सल्लाहमा यस्तो बेलामा परिवारसँग बस्दा सहज हुन्छ भनेपछि तीन महिनाको ग’र्भ बोकेर हामी नेपाल आयौं।

यहाँ पहिले देखाएकै चिकित्सकसँग नियमित सम्पर्कमा बसेँ। सात महिनासम्म कुनै स’मस्या देखिएन। तर, आठौँ महिना भएपछि ग’र्भमा पानी कम छ भने। मेरो सु’गर लेभल पनि ह्वा’त्तै बढ्यो। सु’गरको औ’षधी नै खानु पर्याे। धेरैले औ’षधी किन खाएको, बच्चालाई अ’सर पर्छ भन्न थाले। फेरि ड’र लाग्यो।

औ’षधी नखाए, सुगर नियन्त्रणमा नआउने। खायो बच्चालाई असर पर्छ कि भन्ने ड’र हुने। यति स’कस भयो कि त्यो बेला के भन्ने। राजनीतिक यात्रामा पनि त’नाव नभएको हैन। तर, त्यो त’नाव आमा बन्ने चरणको तनावका अगाडि त केही पनि होइन ।चिकित्सकले अ’लर्ट हुनु है भनेका थिए।

बच्चा च’लेको छ, छैन याद गर्नु भनेका थिए। एक घण्टामा बच्चा १० पटक जति च’लेको हुनुपर्ने रहेछ। मलाई भने पेटमा बच्चै चलेन भन्ने लाग्ने। देखायो कि बच्चा उल्टो छ मात्रै भन्ने। पानी कम भएपछि अक्सिजन कम भएर बच्चा खेल्न सक्दाे रहेनछ। ३७ हप्तामा मेरो सु’गर एकदमै बढ्यो।

डाक्टरले समय दिएकोभन्दा एक महिनाअघि नै अस्पताल भर्ना भए। त्यो भदौको पहिलो हप्ता थियो। बच्चा साढे दुई किलो रहेछ। पानी कम भएर मु’भमेन्ट कम भएपछि अहिले नै अ’प्रेसन गरिहाल्नु राम्रो भन्ने सल्लाह आयो। भदौ ११ गते अ’प्रेसन भयो।

अ’प्रेसन गर्दा बच्चा राम्रै छ भनेका थिए। म ढुक्क थिएँ। अप्रेसन राम्रो भयो। म आमा बनेँ। तर, यसो यताउता हेर्दा बच्चा साथमा थिएन। उसलाई त आइसियुमा राखिएको रहेछ। छोराको अक्सिजन ले’भल कम भएको रहेछ। जन्माउँदा २३ सय ग्राम मात्रै रहेछ। बच्चा त पाएँ। तर, न देख्न पाएँ, न छुन।

म कस्तो अ’भागी आमा रहेछु भन्ने लागिरह्यो। बच्चा एक पटक हेर्न पाए हुन्थ्यो भन्ने तृ’ष्णा रहिरह्यो। अरू हुँदा त सामान्यझैँ बन्न खोजे। तर, एक्लै हुँदा आँसु रो’क्नै सकिनँ। अस्पतालको बेडमा क्वाक्वा रोएँ। सु’त्केरी भएको चार दिनपछि बल्ल हिँड्न थालेँ। अनि बच्चालाई आ’इसियुमा हेर्न गएँ।

सानो फुच्चेलाई अक्सिजन दिएको, नाकबाट दूध दिएको त्यो दृश्य सम्झँदा अहिले पनि छाती ग’र्हौ भएर आउँछ। त्यति बेला बच्चाको ह’र्ट बि’ट बढ्यो। रगत पनि कम हुन थाल्यो। ७ औँ दिनमा ज’न्डिस पनि देखियो। ए भगवान् ! एक आ’पत्पछि अर्को आ’पत्। बच्चा त जन्माए तर हु’र्काउने अ’वसरै पाउँदिन कि भनेर यति छाती पो’ल्यो कि के कुरा गर्ने।

बच्चालाई दूध खुवाउन नपाउँदा दूध डल्लो डल्लो परेर काखीसम्मै आयो। डाक्टरले दूध नि’चोरेर निकाल्नु पर्याे। आमाको मन न हो। छोरालाई खुवाउनु पर्ने दुध नि’चोरेर फा’ल्नुपर्दा त म त पा’गलजस्तै भइसकेको थिएँ। पम्प गरेर दुध निकालेर छोरालाई खुवाउन थालेपछि मन केही शा’न्त भयो।

म चिकित्सकलाई मेरो बच्चा कहिले दिने भनेर सो’ध्न गएको गएै गर्थे। उनीहरू रि’साउँथे। ‘हामीलाई मन लागेर राखेको हो ? तपाईंको बच्चाको अक्सिजनको लेबल ठिक छैन, घर लाने भए लानुस् केही भए थाहा छैन,’ भन्थे। मेरो बच्चा समस्यामा थियो। थाहा थियो। तर, के गर्ने।

आमाको मन म’रे मान्दो रहेनछ। आ’इसियुमा गएर हेरिरहन्थे टाढैबाट। न काखमा लिन पाउनु न सु’मसुम्याउन पाउनु। कस्तो मु’लायम होला है उसको शरीर भनेर कल्पन्थे म। आँसु त कति ब’गे ब’गे। वार्डमा रहेका सबैको बच्चा दिइसके। मेरो बाबु मात्र एक्लै त्यहाँ। इको गरेपछि त एण्टी बा’योटिकको डोज, औ’षधी दिन थाले।

सानो बच्चाको हात, खुट्टा, जि’उ सु’न्नेको थियो। स्लाइन पानी चढाउनै गाह्रो। बच्चालाई रगत पनि दिनु पर्याे। ग’र्भ बसेदेखि नै कति धेरै दुःख पाएको भन्दै म एक्लै ब’रबराउँथेँ, रुन्थेँ। बच्चालाई हेरेर आएपछि मेरो आँखा नै बादलजस्तै हुने। चिनेका चिकित्सकले तपाईँजस्तो नेता भएर पनि यति कमजोर हुने भन्थे।

तर, आमाको अनुभूति हरेक महिलाको उस्तै नै हो। आमा बनेपछिको खु’सीलाई उत्सव बनाउनै पाइनँ। छोरा जन्मियो। तर, न बोक्न पाउने न छुन। त्यो बेला केको सांसद्, केको नेता ? म आमा मात्रै थिएँ। केही दिनमा सुधार आयो। अनि मात्रै बच्चालाई आफ्नै दूध खुवाउन पाएँ।

बच्चालाई छुन पाएको त्यो पहिलो दिन। उसले जब दुध खान थाल्यो नि त्यो मेरो त जिउमा काँडा उ’म्रियो सररर। यति आनन्द आयो कि के भनौँ। साँच्चै आमा र बच्चाको सम्बन्ध अजिबकै हो। १६ दिन अस्पतालमा बसेपछि चिकित्सकले बच्चा घर लैजान अनुमति दिए।

बच्चा बोकेर अस्पतालबाट निस्कँदा म उ’डिरहेको छु जस्तो लाग्यो। चराझैँ भुरुरु उडेर घर पुगौँजस्तो लाग्ने। बच्चालाई एक छिन भुइँमा राख्न सकिनँ मैले। बोकेको बोक्यै। अस्पताल भनेको अस्पतालै रहेछ। हुन त राम्रो होस् भनेरै उपचार गरिएको हो नि। तर, केही पो भइहाल्छ कि ? नराम्रो खबर पो सुनिन्छ कि ? भनेर मन आ’त्तिएको आ’त्तियै गर्ने।

घर आएपछि ढुक्क हुने रहेछ। घरमा आएपछि मन हल्का भयो। तर, भित्रभित्रै केही होला कि भनेर मन का’म्ने। बच्चाले दूध खाँदा ओकल्दा पनि सातो जाने मेरो त। जब बच्चा मतिर हेरेर खि’स्स हाँस्थ्यो नि बाबै के भन्ने र त्यो खुसी। कोरोनाको कारण कतै बाहिर निस्कनु परेन।

राजनीति काम केही थिएन। म हर समय बच्चासँगै हुन पाए। ऊ सुत्यो कि सु’तेन, खायो कि खाएन पीर लागिरहने। अहिले बच्चा स्वस्थ छ। ऊसँग बस्दा पुराना घाउहरू बि’स्तारै भुल्दै गइरहेको छु। मलाई धेरैले कठोर महिला भन्छन्। मेरो राजनीतिक छवि त्यस्तै छ।

तर, जब ग’र्भ बस्यो अनि आमा बने नि म कति कमजोर रहेछु थाहा भयो। मातृत्वको सवालमा जस्तो बलियो मु’टु पनि कमजोर हुने रहेछ। पहिला दिन का’ट्न बडो क’ठिन हुन्थ्यो। अहिले त उसको हाँसो हेरेर दिनभर कतै नहल्लिई एकै ठाउँमा बसेर पनि दिन का’ट्न सक्छु। आमाका लागि मा’तृत्व गजबको व’रदान रहेछ।

(सिर्जना दुवाल श्रेष्ठले उकेरा डटकममा लेखेको समाचार हामीले साभार गरेका हौ)

Satye Samachar

११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया