Saturday, October 24

तात्तातो खबर नामक युट्युब च्यानलका सञ्चालक भाग्य न्यौपाने भाईरल शिशुकाण्डमा मुछिएका छन् युट्युबरका विरुद्ध महिलाहरुको यस्तो भिडियो

August 7, 2020 173

युट्युबर भनेर चिनिने तात्तातो खबर नामक युट्युब च्यानलका सञ्चालक भाग्य न्यौपाने भाईरल शिशुकाण्डमा मुछिएका छन् ।

केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए ।

एक बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले उक्त बच्चालाई ‘उपहारको नाटक’ गरिन् ।

त्यहाँ प्रहरीभन्दा पहिले युट्युबर पुगे, वा बोलाइए ।

यसरी पुग्नेमध्येका एक थिए भाग्य न्यौपाने ।

भाग्यले बालगृहमै पुगेर बच्चाका लागि भन्दै पुष्पालाई १० हजार रुपैयाँ पनि दिए ।

त्यसको दुई दिनपछि उनी फेरि केयर एयर होममा पुगेर पुष्पासँग आफूले दिएको पैसा फिर्ता मागे ।

भाग्य न्यौपाने सिधैं अनुमति विना छापामार शैलीमा ती महिला पुष्पाको कोठामा छिरेका र सिधैं बेडमै कोरोनाको महामारी चलिरहेको यस्तो प्रतिकुल परिस्थितीमा श्रीमानझैं टासिएर, सरकारले जारी गरेका कोरोनाको कुनै मापदण्ड पालना नगरी प्रहरी प्रशासन हातमा लिएको भन्दैं बालगृह छिमेकमा रहेका महिलाहरु निकै आक्रोशित बनेका छन् ।

उनीहरुले भाग्य न्यौपाने लगायतले महिलामाथि दुव्र्यवहार गरेको मुद्धा चलाउने चेतावनी समेत दिएका छन् जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

भाग्य न्यौपानेहरुले बालगृहकी सञ्चालिका पुष्पालाई हदैसम्मको टचर दिएर आत्महत्या गर्न बाध्य पार्न खोजेको उनीहरुको आरोप छ ।

एउटा नारीको ईज्जत बचाउन नाटक गरेको जुन आफ्नो ठूलो भूल थियो भन्ने कुरा पुष्पाले स्वीकार गरिसक्दा समेत समाजसेवी युट्युबरको नामले समेत चिनिएका भाग्य न्यौपाने लगायतले प्रहरी प्रशासन हातमा लिएर उनीमाथि केरकार गरेर अनावश्यक तनाव दिने काम गरेकाले भाग्य लगायत युट्युबरहरुले यसको मूल्य चुकाउनुपर्ने उनीहरुको चेतावनी छ ।

तात्तातो खबर सञ्चालक भाग्य न्यौपानेहरुले पत्रकारिताको ईथिक्स नै भुलेर तात्तातो खबर दिएर कसैको ज्यान तलमाथि भयो भने त्यसोका जिम्मा कसले लिन्छ, महिलाहरुको प्रश्न थियो ।

उनीहरुले भाग्यले जसरी १० हजार फिर्ता लगे त्यसरी नै पहिला खिचिएको भिडियोबाट आएको डलर फिर्ता गर्न सक्छन् भन्दैं सोधेका छन् ।

पुष्पाको बेइज्जतीपूर्ण तरिकाले उनको ‘अन्तरवार्ता’ लिइएको छ ।

उनलाई ठाउँको ठाउँ आर्थिक सहायताको हिसाब देखाउन लगाइन्छ, मानौं युट्युबरहरु अख्तियारबाटै आएका हुन् ।

पुष्पाले आफ्नो गल्ती स्वीकारेर पटक–पटक क्षमायाचना गर्छिन् ।

भाग्यको १० हजार फिर्ता गर्छिन् ।

प्राप्त सहयोगको विवरण देखाउँछिन् ।

अरुको पनि पैसा फिर्ता गरिदिने प्रतिवद्धता जनाउँछिन् ।

यी सबैका बाबजुद युट्युबरहरु पुष्पालाई अनवरत हमला गरिरहन्छन् ।

यो केरकारमा भाग्यको प्रस्तुति र बडी ल्याङ्वेज अत्यन्त असहज लाग्छ ।

उनी एक सञ्चारकर्मीका रुपमा त्यहाँ गएका हुन् ।

तर, अन्तरवार्ता लिने क्रममा उनको बसाइ र बोलाइले त्यस्तो प्रतीत हुँदैन ।

उनी महिलासँग ढसमस्स टाँसिएर बसेका छन् ।

पुष्पालाई असहज लागेको स्पष्ट देखिन्छ ।

तर, उनी कुनै प्रतिकार गर्न सक्ने अवस्थामा छैनन्, किनकि उनलाई त्यहाँ एउटा जघन्य अपराधीका रुपमा व्यवहार गरिएको छ ।

मानसिक रुपमा विक्षिप्त बनेर पुष्पाको ज्यान तलमाथि भए भाग्य न्यौपाने लगायत युट्युबरहरु नराम्ररी फस्ने देखिन्छन् ।

स्थानिय महिलाहरुको भनाईसहितको भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्

प्रतिकृया दिनुहोस्