बुधबार ०८ बैशाख २०७८

काठमाडौं। नेकपा एमालेका नेता वामदेव गौतमले अब पार्टी भित्रको एकताका लागि पहल थाल्ने भएका छन्। तत्कालीन नेकपाको एकताका लागि घोषित राष्ट्रिय एकता अभियानको शनिबार काठमाडौंमा भएको भेलाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई मिलाउन पहल गर्ने निर्णय गरेको हो। गाैतम अभियानको संयोजक हुन्।

एकीकृत नेकपा रहँदा पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरेका माधव नेपाल समूह सर्वोच्चले पुरानै पार्टी जिवित गराइदिएपछि एमालेमा फर्किएका छन्। तर अध्यक्ष ओलीले शुक्रबार मात्रै आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर नेपाल समूहका सबै नेताको जिम्मेवारी खोस्दै आफू निकटका नेतालाई सुम्पिएका छन्।

नेता गौतमको एकता अभियानले ओलीले पार्टीको नवौं महाधिवेशनको भावना र विधान विपरित यस्तो कदम चालेको भन्दै भत्सर्ना गर्ने निर्णय गरेको छ। अभियानले ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुलाई एकता गर्नका लागि आन्तरिक दबाब सिर्जना गर्न आग्रह पनि गर्ने भएको छ।

नेकपा हुँदै प्रचण्ड–नेपाल र ओली पक्षलाई मिलाउन भन्दै एकता अभियान थालेका गौतमको एमाले उपाध्यक्ष पद पनि ओलीको एकपक्षीय निर्णयसँगै खारेज भएकाे छ।

५० पटक हेरिएको

तपाईको प्रतिक्रिया