Sunday, January 17

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरामा सङ्क्रमणको पुष्टि

November 22, 2020 154

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा जेठा छोरामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ट्रम्पका जेठा छोरामा सङ्क्रमणको पुष्टि भएपनि लक्षण नदेखिएको उनका प्रवक्ताले बताएका छन । बीबीसीका अनुसार ट्रम्पका दोस्रो सन्तानमा सङ्क्रमणको पुष्टि भएको छ।

यसअघि ट्रम्पका कान्छो छोरा बरोन ट्रम्पमा समेत कोभिड–१९ को सङ्क्रमण भएको थियो । कोरोना पुष्टि भएपछि ४२ वर्षीय ट्रम्प जुनियर चिकित्सकको निगरानीमा रहेका उनका प्रवक्ताले जनाएका छन् ।

बुवा डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचन अभियानमा जुनियर ट्रम्पले सक्रिय भूमिका निर्वाह गरेका थिए । यसअघि गत् जुलाई महिनामा जुनियर ट्रम्पका प्रेमिका किम्बर्ली गुइलफोलमा समेत सङ्क्रमणको पुष्टि भएको थियो । उनि फक्स न्यूजको समाचारवाचिका हुन ।

प्रतिकृया दिनुहोस्