Wednesday, January 27

कोरोनाले ग्रस्त बनाएको ब्राजिलमा गएको २४ घंटामा ३८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिए

November 22, 2020 97

ब्रासिलिया – विश्व भरी कोरोनाले ग्रस्त बनाएको राष्ट्र मध्ये ब्राजिल पनी पर्दछ। ब्राजिलको स्वास्थ्य मन्त्रालय द्वारा गराईेको जानकारी अनुशार गएको २४ घंटामा ३८ हजार भन्दा बढी नयाँ सङ्क्रमित हरु थपिएका छन।

हाल सम्म ब्राजिलमा कोरोनाका कुल सङ्क्रमितहरूको सङ्ख्या ६० लाख २० हजार १६४ पुगेको छ। साथै गएको २४ घंटामा मात्र ५५२ जनाले ज्यान गुमाईसकेका छन भने हाल सम्म एक लाख ६८ हजार ६१३ जनाले ज्यान गुमाई सकेका छन।

विश्व भरी भाईर बाट अत्याधिक मृत्यु हुनेमा ब्राजिल दोस्रो स्थानमा पर्दछ। त्यसै गरी पहिलो स्थानमा अमेरिका पर्दछ भने तेस्रोमा भारत पर्दछ।

 

कोरोना अपडेट : १६७४ नया सङ्क्रमित थपिए, कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुग्यो

काठमाडौं – नेपालमा कोरोनाभाइरसका एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा करीब दश हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६७४ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । हाल २४ हजार नौ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म १६ लाख ५२ हजार ४३ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ३२३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ९३ ह्जार ३२५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको दत्र्ता गरिएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ७५७ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्