Sunday, January 17

BREAKING NEWS:भोलिबाट नेपालमा कडा लकडाउन हुनसक्ने?

November 21, 2020 339

काठमाडौं । भोलिबाट नेपालमा कडा लकडाउन हुनसक्ने देखिएको छ । उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेसँगै यस्तो आशं का गर्न थालिएको हो ।मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोरो ना भाइ रस (कोभिड–१९) ब्यवस्थापन संचालन केन्द्रको एक साता अगाडि बसेको बैठकले कडा लकडाउनको माग गरेको हो ।

बैठकमा सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित हुनु भएको थियो । उपत्यका भित्रका १४ जना मेयरहरु मात्र उपस्थित रहेका जानकारी दिंदै महर्जनले भन्नुभयो,‘ उपस्थितमध्ये तीन, चारजनाले कडा रुपमा लकडाउनको माग गर्नुभयो । तर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने न्यूट्रल हुनुहुन्थ्यो ।’

मेयरहरुले बन्द गर्ने हो भने एकदम प्रभावकारी तथा लक्ष्यसहितको हुनुपर्ने माग गरेका छन् । कार्यक्रममा गृहमन्त्री थापाले छठपछि विधिपूर्वक लकडाउन गरिने आशय ब्यक्त गरेको महर्जनको भनाइ छ.

पछिल्लो २४ घण्टामा थप १६७४ जना कोरो ना भाइ रस सं क्रमि त

गत २४ घण्टामा थप १६७४ जना कोरो ना भाइ रस सं क्रमि त थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१४४ जनाको पीसीआर परीक्षण गर्दा १६७४ जनामा सं क्रम ण पुष्टि भएको हो ।गत २४ घण्टामा २३२३ जना सं क्रम णमुक्त भएका छन् । हालसम्म १९३३२५ जना कोरोना सं क्रम णमुक्त भइसकेका छन् । सं क्रमि तमध्ये ८८.४ प्रतिशत सं क्रम णमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा थप ७ जनाको कोरोनाबाट मृ त्यु भएको छ । अहिलेसम्म मृ त्यु हुनेको संख्या १३०५ पुगेको छ ।यसैबीच काठमाडौं उपत्यकामा ११०७ जनामा सं क्रम ण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८६२, भक्तपुरमा ७१ जना र ललितपुरमा १७४ जनामा सं क्रम ण पुष्टि भएको हो ।

 

प्रतिकृया दिनुहोस्