Friday, January 22

पूरै गाउँ कोरोना संक्रमित, एक जना मात्रै सुरक्षित !

November 21, 2020 166

काठमाडौं। चिसो मौसम सुरु भएसँगै कोरोनाभाइरसको संक्रमण तीब्र भएको छ । संक्रमणको प्रसारको गति पनि बढेको छ । विश्व्भर ५ करोड ७८ लाख भन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् । छिमेकी देश भारतको हिमाचल प्रदेशको एउटा गाउँमा भने संक्रमणको अत्यन्तै अनौठो स्थििति देखिएको छ । हिमाचल प्रदेशको लाहौल स्पिती जिल्लाको यो गाउँका सबै संक्रमित भएका छन् तर एक जना मात्रै सुरक्षित रहन सफल भएका छन् ।

इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार सुरक्षित रहन सफल यी व्यक्तिको परिवारका बाँकी सदस्य पनि सबै संक्रमित भएका छन् । लाहौल स्पितीको थारंग गाउँमा कूल ४२ जनामध्ये यी एक व्यक्तिबाहेक बाँकी ४१ जना सबै संक्रमित भएका छन् । सुरक्षित रहने एक्ला व्यक्तिको नाम भूषण ठाकुर हो र उनी ५२ वर्षका छन् । रिपोर्टअनुसार भूषण संक्रमणबाट बच्नको लागि सबै नियमको पालना गर्छन् ।

जिल्लाका चीफ मेडिकल अफिसर डा. पलजोरले सम्भवतः भूषणको रोग प्रतिरोधी शक्ति निकै बलियो भएको हुन सक्ने बताए । गाउँका सबै संक्रमित हुँदा भूषण एक्लै सुरक्षित हुनु आश्चर्यको कुरा भएको उनले बताए । यो गाउँमा ५ जना सबैभन्दा पहिले पोजेटिभ पाइएका थिए । त्यसपछि बाँकी सबैले बैठक गरेर ४ दिन पहिले स्वेच्छाले परीक्षण गराएका थिए । परीक्षणमा सबै पोजेटिभ पाइए ।

थोरंग गाउँका कूल ४२ निवासीमध्ये ४१ जना पोजेटिभ छन् । खासमा यो गाउँमा १०० जना बस्छन् तर हिउँ पर्न थालेपछि पछिल्लो समय यहाँका आधाभन्दा धेरै बासिन्दा कुल्लु गएका छन् । रिपोर्टका अनुसार भूषण ठाकुर घरको छुट्टै कोठामा बस्छन् । खाना आफैं बनाउँछन् । परिवारको साथमा उनले ४ दिन पहिले स्वाब दिएका थिए । रिपोर्टमा भूषणबाहेक सबै पोजेटिभ पाइए । भूषणका अनुसार उनले सुरुदेखि नै नियमित मास्क लगाउने, हात धुने, सेनिटाइज गर्ने र सामाजिक दूरीमा ध्यान दिइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस्