Sunday, January 17

हङकङ आगलागीमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया सुरेखा कँडेलको पनि निधन

November 21, 2020 176

हङकङमा गत आइतबार राति भएको आगलागीमा परेर ग’म्भीर घा’इते भएकी १८ वर्षीया सुरेखा कँडेलको शुक्रबार साँझ निधन भएको छ।

हङकङको जोर्डनस्थित नेपाली रेष्टुरेन्टमा गत आइतबार राति भएको आगलागीमा ज्यान गुमा’उने सुरेखा आठौं नेपाली हुन्।

आगलागीमा परेका ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राज बाबु नेपाल, ९ वर्षीय रायन नेपाल, ३२ वर्षीया अनिता निरौला, ३९ वर्षीय शेरबहादुर गुरुङ र ४० वर्षीया विनिता तामाङको त्यहि रात ज्यान गएको थियो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आ’गला’गीमा परेर ११ जना घा’इते भएका थिए।

आ’गला’गीमा परेर ग’म्भीर घा’इते भएकी सुरेखाको उपचार जोर्डनकै क्वीन एलिजावेथ अस्पतालमा भइरहेको थियो। घ’टना भएको पाँच दिनपछि शुक्रबार साँझ उनको निधन भएको हो।

सुरेखाको मृत्युसँगै यो घ’टनामा एउटै परिवारबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। तीन वर्षीय छोराको जन्मदिन मनाउन भेला भएका बागलुङका युवराज कँडेलको परिवारका उनीसहित उनकी छोरी कृतिका, ज्वाइँ राजबाबु नेपाल र भान्जा रायन नेपालको त्यहि राति ज्यान गएको थियो।

सुरेखा युवराजका भाइ कृष्णबहादुर कँडेलकी छोरी हुन्। ग’म्भीर अवस्थामै रहेका कृष्णबहादुर कँडेल र उनकी श्रिमति देविका कँडेलको पनि क्वीन एलिजावेथ अस्पतालमै उपचार भइरहेको छ भने १३ वर्षीय छोरा सालिग्राम कँडेल चाइ वान अस्पतालमा उपचाररत छन्। नेपालखबर*

प्रतिकृया दिनुहोस्