Wednesday, January 27

जन्मदिनकै ५ दिन अघि भयो मरणदिन । २० लाख उठ्दा पनि बचाउन सकिएन् राजेशलाई…. (भिडियो)

November 21, 2020 41

(भिडियो समाचारको अन्त्यमा राखिएको छ)चीनलाई अमेरिकाको ठाडो चुनौती, ६० वर्षको इतिहासमा पहिलो पटक भयो यस्तो

काठमाडौं। अमेरिकाले चीनलाई ठाडो चुनौती दिँदै विगत ६ दशकमा कहिल्यै नभएको ठूलो कदम उठाएको छ ।

अमेरिकाले तिब्बतको स्वतन्त्रतालाई खुला समर्थन गर्दै केन्द्रीय तिब्बतियन प्रशासन (सीटीए) का अध्यक्ष लोब्साङ सांगेलाई ह्वाइट हाउसमा बोलाएको छ । शनिबार सांगे ह्वाइट हाउस गएका छन् । विगत ६० वर्षमा सीटीएका प्रमुख ह्वाइट हाउस प्रवेश गरेको यो पहिलो पटक हो ।

गत महिना सांगे अमेरिकाको विदेश विभागमा अमेरिकी सहायक विदेशमन्त्री तथा तिब्बती मामिलामा विशेष संयोजक रोबर्ट डेस्ट्रोलाई भेट्नको लागि निम्त्याइएका पहिलो सीटीए अधिकारी बनेका थिए ।

कैयौं दशकदेखि तिब्बती अध्यक्ष अमेरिकाको विदेश विभाग र ह्वाइट हाउसमा प्रवेश गर्न मानिरहेका थिएनन् किनकि अमेरिकाले स्वतन्त्र तिब्बत सरकारलाई मान्यता दिएको थिएन । अहिले भने अमेरिकाले खुला रुपमा स्वतन्त्र तिब्बतको समर्थन गरेको छ

प्रतिकृया दिनुहोस्