Monday, January 18

Breaking : कोरोनाको मौका छोपी अन्डरग्राउण्ड’ विप्लव समूहले चाल्दै यस्तो डरलाग्दो कदम,पूरै देश तरङ्गित,अब के गर्ला ओली सरकार

November 21, 2020 44

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबारे गोप्य तर डरलाग्दो सूचना लिक भएको छ । उक्त समूह सैन्य तालिममा संलग्‍न रहेको खुलेको हो । कोरोना महामारीको मौका छोपेर सो समूहले पूर्व र पश्चिम नेपालका विभिन्‍न जिल्लाका जंगलमा गोप्य सैनिक तालिम सञ्चालन भइरहेको खुलेको हो । सुरक्षा निकायलाई प्राप्त जानकारीअनुसार विप्लव समूहको जनमुक्ति सेनाको गण्डक ब्युरोअन्तर्गतको सैन्य तालिम सम्पन्‍न भएको छ ।

एक उच्च सुरक्षा अधिकारीका अनुसार तनहुँको पहाडी क्षेत्र, सोलुखुम्बु, कालीकोट, जुम्ला, जाजरकोटमा सैन्य तालिम सम्पन्‍न भइसकेको छ भने डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पामा सैन्य तालिम सञ्चालन गर्ने तयारी छ । सत्तारुढ दलको विवाद उत्कर्षमा पुगेको र सरकारको लोकप्रियता खस्किँदै गएको निष्कर्ष निकाल्दै विप्लव समूहले सरकारले दमनको नीति लिएकाले प्रतिरक्षाका लागि तालिम आवश्यक रहेको समूहको दाबी छ । विप्लव समूहको सैन्य दस्तामा अधिकांश पूर्वजनमुक्ति सेनाका लडाकु रहेको बताइएको छ । सैन्य तालिम र प्रशिक्षणमा सो पार्टीका जनसरकार प्रमुख सन्तोष बुढा, उदय चलाउनेलगायत सहभागी हुने गरेको पाइएको छ । ७ दिनदेखि २० दिनसम्मको तालिम दिइएको पाइएको छ ।

तालिममा राजनीतिक, सांगठनिक र हतियारबारे समेत प्रशिक्षण दिइएको छ । सो समूहलाई प्रतिबन्ध लगाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ । आन्तरिक सुरक्षामा विप्लव समूह नै मुख्य चुनौती रहेको सुरक्षा निकायको विश्लेषण छ । यसअघि सो समूहसँग वार्ता हुने चर्चा चले पनि एजेन्डामा कुरा नमिल्दा पछिल्लो समय वार्ताको कुरा सेलाएको छ ।

 

प्रतिकृया दिनुहोस्