Wednesday, January 20

निकिशालाई दुव्र्यवहार गर्ने केटाहरु फेलापरे : यस्तो सजाय हुने भो !

November 21, 2020 73

काठमाडौँ । सामाजिक संजाल टिकटकमा चर्चित निकिशा श्रेष्ठमाथि दुव्र्यवहार गर्ने व्यक्तिहरुलाई कारबाही गर्न निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्राचार गर्दै श्रेष्ठमाथि दुव्र्यवहार गर्ने व्यक्तिहरुको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएको हो ।

श्रेष्ठमाथि भएको दुव्र्यवहारको व्यापक गुनासो आएपछि कारवाही गर्न निर्देशन दिइएको प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायत जानकारी दिएका छन् ।

बाटोमा हिँडिरहेकी निकिशालाई केही युवाहरुले दुव्र्यवहार गरेपछि उनलाई न्याय दिनुपर्ने भन्दै सामाजिक संजालमा आवाज उठ्न थालेको थियो । निकिशाले सर्वसाधरणहरुले जस्तै इज्जतका साथ बाँच्नपाउनुपर्ने भन्दै उनको पक्षमा आवाज उठेको थियो ।

निकिशा श्रेष्ठ आफूलाई ट्रान्सजेन्डर महिलाका रुपमा परिचित गराउँछिन् । पुरुषका रुपमा जन्मिएकी उनले आफ्नो वास्तविक पहिचान महिला रहेको र महिला नै भएर बाँच्ने भनी आँट गरेर निकेश श्रेष्ठबाट नाम परिवर्तन गरी निकिशाका रुपमा आफूलाई स्थापित गरेकी छन् । टिकटकमा चर्चित उनले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्