Tuesday, January 19

दुनियाँ चकित भएको चोरी काण्ड, झनै चकित त त्यतिबेला भयो चोर भैंसीले पत्ता लगायो !

November 20, 2020 42

काठमाडौ । दुनियाँमा सबै चकित हुने घटना भएका छन् । केही घटनाले हामी सबैलाई चकित बनाउँछ । भारतको उत्तर प्रदेशमा एउटा त्यस्तै दुनियाँ नै चकित बनेको घटना छ । त्यहाँको कन्नौजमा एउटा चोरीको यस्तो घटना भयो, जसको समाधान कुनै प्रहरी चौकी या अदालतले होइन बरू भैंसीले गरेको छ ।

कन्नौज जिल्लानिवासी विरेन्द्र नामका एक व्यक्तिले प्रहरीमा आफ्नो भैंसी चोरी भएको भन्दै मुद्दा दर्ता गरे । उनले आफ्नो साथी धर्मेन्द्रमाथि चोरीको आरोप लगाएका थिए ।

धर्मेन्द्रले भैंसी आफ्नै भएको दाबी गरेपछि प्रहरी संकटमा पर्यो । प्रहरीले भैंसीलाई ल्याएर खुला चौरमा छोड्यो अनि विरेन्द्र र धर्मेन्द्र दुवैलाई भैंसीलाई बोलाउन आग्रह गर्यो ।

केही समयपछि भैंसी विरेन्द्रको पछि लाग्न थाल्यो । प्रहरीले भैंसी चोरी भएको निष्कर्ष निकाल्दै धर्मेन्द्रलाई कारवाही गर्ने निर्णय गर्यो ।

भारतीय सञ्चार एजेन्सी आइएएनएसका अनुसार विरेन्द्रको घरबाट चोरी भएको त्यो भैंसीलाई भैसीबजारमा लगेर धर्मेन्द्रले अर्कै व्यक्तिलाई बेचिदिएका थिए । जब आफ्नो भैंसी खोज्दै विरेन्द्र भैंसीबजार पुगे, आफ्नो भैंसी देखे अनि समात्न खोजे ।

चोरीको भैंसी किनेका ती व्यक्तिले विरेन्द्रमाथि भैंसी आफ्नो भएको भन्दै जोड समेत गरे । कुरा सामान्य लाग्न सक्छ विश्वभरीमा भैसी एउटा यस्तो जनावर हो जसको बनावट र रंग एउटै मात्र हुन्छ ।

मात्र दुव्लो वा मोटोपनका आधारमा चिन्नुपर्ने हुन्न । हजार वटा बथान भएको भैसी बजारमा मान्छेले चिन्नु त गाह्रो थियो । तर मालिकले बोलाउँनासाथ भैसी कराउँदै मालिकको पछि लाग्यो अनि थाहा भयो की भैसी उसकै हो ।

प्रतिकृया दिनुहोस्