काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं युवा नेता गगन थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोप ठिक भएको टिप्पणी गरेका छन् ।
नेकपाको घर झगडा, राष्ट्रिय राजनीति र सरकार संचालन’ बारे एक टिप्पणी सार्बजनिक गर्दै नेता थापाले प्रचण्डले ओलीमाथि लगाएका आरोप नौला नभएपनि गलत नभएको टिप्पणी गरेका हुन् ।
प्रचण्डको आरोप पत्र पछाडी, यतिखेर प्रधानमन्त्री आफ्नो पदीय र कुटनीतिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय मर्यादाको समेत ख्याल नगरी सम्पूर्ण शक्ति लगाएर प्रचण्डलाई फकाउने प्रयासमा लागेको पढ्न पाइएको भन्दै थापाले आरोपका बारेको जवाफ आरोपीले दिनुपर्ने जिकिर गरेका छन् ।
साथै नेता थापाले प्रचण्डले आफ्नै पार्टीका अर्का अध्यक्षका बारेमा उठाएका प्रश्नको जावफ संसद र सडकबाट माग्ने चेतावनी पनि दिएका छन् ।
गगन थापाको टिप्पणी :
प्रतिकृया दिनुहोस्