
काठमाडौँ, २८ फागुन । नेकपा एमालेले ७० वर्षे उमेरहद प्रावधान हटाएको
शुक्रबारको केन्द्रीय कमिटीको विशेष बैठकले विधान संशोधन गर्दै ७० वर्षे उमेर हद लगायत अन्य केही प्रावधानहरु हटाएको छ ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशन अघि नै बिदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको जनाए ।
प्रवक्ता ज्ञवालीले बैठकपछि एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणका बेला कायम ४३५ सदस्यहरुलाई पार्टीमा सहभागी हुन आह्वान गरिएको छन् ।
त्यस्तै बैठकले महाधिवेशनको समयावधि, उमेर हदल, कमिटीको संरचना लगायतका कतिपय पश्नमा विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकुल बनाउन वाधा अड्काउ फुकाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, पार्टीले १५ दिनभित्र नेकपा माओवादीसँग एकता सम्भव नभएको पनि निष्कर्ष निकालेको छ ।
dainiknepal