Tuesday, October 27

प्रचण्डका सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जना भाइरसको संक्रमण

August 6, 2020 101

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार गरिएको परिक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वुधबार प्रचण्डका परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परिक्षण गरिएको थियो । जसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनाका कोरोनाभाइरसको संक्रमण देखिएको सापकोटाले बताए । उनीहरु बाहिरी सुरक्षा घेरामा खटिने रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्