Wednesday, December 2

वीर अस्पतालमा कार्यरत एक डाक्टर सहित ४ बिरामीलाई कोरोना भाइरस

August 6, 2020 158

काठमाडौं । वीर अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना भाइरस रोग(कोभिड–१९) पुष्टि भएको छ । इन्टरनल मेडिसिन विभागमा कार्यरत डाक्टरलाई कोरोना पुष्टि भएको र हाल उहाँ सोही अस्पतालको आइसोलेसनमा रहनुभएको अस्पताका कार्यकारी निर्देशक डा.केदार सेञ्चुरीले जानकारी दिनुभयो ।

यसअघि बुधबार र मंगलबार अस्पतालमा उपचाररत ३ बिरामीलाई कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । डाक्टर र बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेको सेञ्चुरीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्