सोमबार ०६ बैशाख २०७८

घटना आजभन्दा ६ बर्ष अघिको हो, जतिबेला नेकपा एमालेको आठौं महाधिवेशन चल्दै थियो । माधवकुमार नेपाल अध्यक्षमा जित्नेमा बिश्वस्त थिए ।

विगत १५ बर्ष एक छत्र नेकपा एमालेको नेतृत्व गरेका नेपालले नजित्ने कुरो त सपनामा पनि सोचेका थिएनन् ।

तर उनको अनुमान गलत भयो । केपी शर्मा ओलीले १०४७ मत पाएर अध्यक्षमा बाजि जित्दा नेपाल भने १००३ मतमा सिमित थिए ।

आठौं महाधिवेशनमा झलनाथ खनालसँग एक सय १७ मतले पराजित भएका ओलीले ६ बर्ष अघि भने दोस्रो प्रयासमा जितेका थिए ।

ओलीले नेपाल भन्दा ४४ भोट बढि ल्याएर जितेका थिए । अब घटनाक्रमलाई फर्केर हेर्दा यदि ओलीले चुनाव नजितेको भए अहिले सायद माधवकुमार नेपाल नै एमाले संसदीय दलको नेता र प्रधानमन्त्री समेत हुने थिए । तर समयले माधव नेपालको साथ दिएन र उनी सडकमा पुगे ।

त्यतिमात्र होइन, ओली पक्षका महासचिव, उपमहासचिव समेत जितेर पार्टीमा ओलीले बलियो पकड बनाए । माधव नेपाल पक्षका नेतालाई आफूतिर ल्याएर माधव गुटलाई सानो बनाउँदै लगे ।

पार्टीमा उनलाई एक्ल्याएपछि बाध्य भएर प्रचण्डको फेरो समात्न पुगेका माधव नेपाल अब के गर्लान् त्यो त हेर्न बाँकी नै छ ।

 

६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया