आइतबार १२ मंसिर २०७८

काठमाण्डौ । युट्युवर विश्व लिम्बुले पहिलो पटक आफ्नो ब्यक्तिगत जिवनको रहस्य खुलासा गरेका छन् । उनले आफ्नो सम्बन्ध विच्छेद भएको बताएका छन् । त्यसको कारण पनि उनले पहिलो पटक खुलाएका छन् ।

यो सम्बन्धदेखि अलग हुनु कुनैपनि जोडीकोलागी सहजै स्वकारोक्तिको कुरा हुँदैन । तर स्वीकार गर्नै पर्ने हुन्छ । उनले र उनकी श्रीमतीले पनि गरिन् । अन्ततः मिल्नै नसकेर उनीहरु अलग भएका छन् । आफ्ना जीवनका अनगन्ति उतारचढावलाई उनले आफ्नै च्यानलबाट सुनाएका छन् ।

जब विश्वले आफ्नो र श्रीमती बीचको मनमुटाव सनाए तब उनका फ्यानहरु निकै नै भावकु भएको प्रतिकृया दिएका छन् । विश्वले पनि आफ्नो अतितलाई सनाउँदा उत्तिकै भावुक भएर नै सनाएका छन् । उनले आफ्नो छोराको विषयमा पनि भनेका छन् ।

जीवनको यात्रामा उनले भोगेका थुप्रै घटनाक्रमहरु यस्ता रहेछन् जुन कुरा सनेर सायदै उनका फ्यानहरु भावुक नभएका होलान् । आफ्ना व्यक्तिगत कुरा सुनाउनकालागी हिम्मत जो कोहीमा हुँदैन तर विश्व लिम्बुमा हिम्मत देखिएको छ ।

युट्युवमा निकै चर्चित रहेका उनको ब्यक्तिगत जिवनका बारेमा चासो राख्नेहरु पनि धेरै छन् । धेरैले उनको विवाह नै नभएको ठानेका थिए भने धेरैले उनको श्रीमतीको बारेमा जान्न खोजेका थिए ।

उनले आफनो पूर्व श्रीमतीको बारेमा कुनै जानकारी भने सार्वजनिक गरेका छैनन् । उनी आफ्नो ब्यक्तिगत जिवनमा खुसी भएका कारण पनि कसैलाई गलत प्रभाव पार्न नचाहेकाले सार्वजनिक नगरेको बताएका छन् ।

२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया