शुक्रबार ०७ माघ २०७८

बिहारको बेगूसराय जिल्लाको कस्बाई इलाका बखरीमा रहेको एक युवक दलाललाई रुपैयाँ दिन्छन् । त्यसपछि एक युवतीसँग कोठामा दाखिल हुन्छन् र चार मिनेटमा नै त्यहाँबाट फर्किन्छन्
त्यसको केही समयपछि त्यही युवक प्रहरी साथमा लिएर फर्केर आउँछन् । यसपटक उनी देहव्यपारको दलदलमा फँसेकी ती युवतीलाई बचाउन आएका हुन्छन् । ती युवती अरु कोही नभएर आफ्नै बहिनी हुन्छन् ।यो घटना शुरुमा काल्पनिक लाग्न सक्छ । तर, बुधबार बखरीमा यस्तै घटना घटेको छ । प्रहरी कारवाहीमा दुई युवतीलाई देह व्यापारको चङ्गुलबाट मुक्त भएका छन् । जसमध्ये एक युवती बिहारको शिवहर जिल्लाकी हुन् भने अर्की झारखण्डकी ।
उद्दारको कथा:शिवहरकी प्रतिमा (परिवर्तित नाम) ले आफ्नो माइती पुगेर बिबिसीसँग कुरा गर्दै भनिन्, ‘करीब तीन वर्ष अघि अशोक खलीफाले मलाई सीतामढीबाट भगाएर बखरी लग्यो र मसँग यहाँ काम गर्न लगायो ।’बखरीमा उनी आफ्नो छोरासँग बस्थिन् । उनका अनुसार उनलाई बन्द गरेर राखिन्थ्यो । उनी कहिल्यै बाहिर जान पाउँदिन थिइन् ।

thebuddhakhabar

४७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया