शुक्रबार १० बैशाख २०७८

गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालमा सोही गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् । गाउँपालिकामा स्थापना गरिएको कोभिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३, दर्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा खटिएका हुन् ।

मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा । गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएको ईस्माको इतिहास मै पहिलो पटक भएको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । ‘उहाँ कोभिड अस्पतालमा पुस १ गतेदेखि एमबीबीएस डाक्टरको रुपमा आउनु भएको छ,’ विष्टले भने, ‘अहिले ३ महिने सेवा अवधीका लागि आउनु भएको हो तर उहाँलाई कोभिडको संक्रमण हटेपछि गाउँपालिकाले नै दरवन्दी खडा गरेर राख्ने छ ।’

आफ्नै गाउँको छोरा डाक्टर बनेर आएकोमा हर्ष लागेको उनले बताए । डाक्टर शर्माले चितवन मेडिकल कलेजमा दुई वर्ष अघि एमबीबीएसको अध्ययन सकेर त्यहीँ काम गर्दै आएका थिए । ५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन ईस्मा गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर २ बाहेक ५ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन छन् ।

केही दिन अघिमात्र पूर्वमन्त्री गोकर्ण विष्टले वडा नम्बर ३ दर्लामचौर स्वास्थ्य चौकी र वडा नम्बर ४ दोहोली स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् । त्यसअघि दोहोली मै १५ शय्याको आधारभुत अस्पताल शिलान्यास गरेका पूर्वमन्त्री विष्टले अब सदरमुकाम तम्घासको जिल्ला अस्पतालमा जानु पर्ने बिरामीलाई ईस्मामै उपचार सेवा दिलाउने गरी अस्पताल बनाउन लागिएको बताए ।

khabarenewsnepali

७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया