बुधबार २० साउन २०७८

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेकका पद खारेज गरेको छ । उपाध्यक्ष, उपमहासचिव, सचिव लगायत पद आज बसेको बैठकले खारेज गरेको हो । यससँगै अब एमालेमा अध्यक्ष र महासचिव बाहेक पदाधिकारी नहुने भएको छ ।

प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार ज्ञवालीले पाएका छन् । बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

बादललाई बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारीसमेत दिइएकाे छ । अब एमालेको केन्द्रीय कमिटी सदस्य सङ्ख्या दुई सय ६४ पुगेको छ । पार्टीको १० औं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ ।

news18nepal

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया