Saturday, October 24

काठमाडौंको वीर अस्पतालमा शल्यकृया गर्न ठिक्क पारेको एक विरामीमा कोरोना पुष्टि

August 6, 2020 87

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना पुष्टि भएको छ । उनलाई रौतहटवाट ल्याएर वीर अस्पताल भर्ना गरिएको थियो । शल्यकृया गर्नुअघि गरिएको कोरोना परिक्षणमा उनलाई पोजेटिभ देखिएको हो । बुधवार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको हो ।

रौतहटबाट आएर शल्यक्रियाका लागि भर्ना भएका एक बिरामीमाा कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीमा कोरोना पुष्टि भएको हो । उनी सँगै बुधबार परीक्षण गरिएकामध्ये ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।

सात जनामध्ये ५ जना एकै फ्याक्ट्रीमा काम गर्ने रहेको पनि बताइएको छ । काठमाडौंको एक फ्याक्ट्रीमा काम गर्ने र समूहमा बस्ने उनीहरुका एक जना साथीलाई केही दिनअघि कोरोना देखिएपछि उनीहरु पनि परीक्षण गर्न वीर अस्पताल आएका थिए । कोरोना रिपोर्ट पोजेटिभ आएकोबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराइएको अस्पतालले जनाएको छ ।

अर्का एक जना भने कुनै पनि ट्राभल हिस्ट्री नभएका र सामान्य रुघाखोकी लागेर आफै परीक्षण गराउन आएका स्थानीय भएको बताइएको छ । आज मात्रै काठमाडौं उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

प्रतिकृया दिनुहोस्