Thursday, October 22

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

August 6, 2020 28

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अब फेरि पहिलेकै प्रकृतिको लकडाउन नहुने स्पष्ट पारेका छन्। स्वास्थ्य विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै गएको र यस्तै अवस्था रहे नियन्त्रण गर्न नसकिने भन्दै लकडाउन र आवश्यक परे कफ्र्यु समेत लगाउन सुझाव दिएको बेलामा स्वास्थ्य मन्त्री पहिलाकै जस्तो लकडाउन नहुने बताएका छन् । यस अघि अर्थ तथा सरकारको प्रवक्ता युवराज खतिवडाले पनि अब फेरी पहिले जस्तै लकडाउन भए अर्थतन्त्र धान्न नसकिने बताएका थिए ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले लकडाउनका विषयमा स्पष्ट पारेका हुन् । पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै ग्एका कारण लकडाउनका विषय फेरी चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार गरेको विज्ञहरुसंगको छलफलमा पनि यस्तै सुझाव आएको छ । विज्ञहरुले कम्तीमा १५ दिन लकडाउन गर्न र आवश्यक परे कफ्र्यु पनि लगाउन सुझाव दिएका थिए ।

विज्ञहरुको यस्तो सुझाव आएकी बेला स्वास्थ्यमन्त्रीको यस्तो भनाइ आएको हो। केही दिनयता भारतसँग सीमा जोडिएका ठाउँ र जिल्लाहरु कोरोना संक्रमितको संख्या बढेको छ । समुदाय स्तरमै कोरोना फैलिएको निष्कर्ष सहित ति स्थानमा निषेधाज्ञा समेत जारी गरिएको छ । स्वास्थ्यमन्त्री ढकालले भने, ‘अहिलेसम्मको शिक्षा भनेको सोलोडोलो लकडाउन हुँदैन, कोरोना नियन्त्रणमै छ।’

उनले अत्यन्त खराब अवस्थामा ९१ हजार र सामान्य अवस्थामा ४९ हजार संक्रमित पुग्ने अनुमान गरिएको भएपनि अहिले त्यस्तो अवस्था नभएको बताएका छन् । अहिले नेपालमा २१ हजार ३ सय ९० जना संक्रमित भेटिएका छन्। उनले पछिल्लो केही दिनयता संक्रमित संख्या बढे पनि अब के गर्ने भनेर सरकारले भदौ पहिलो साता समीक्षा गर्ने बताए। उनले भने, ‘भदौ पहिलो हप्ता गएपछि अब के गर्ने भनेर समीक्षा गरेर अब गर्नुपर्ने काम तय हुन्छ

प्रतिकृया दिनुहोस्