बुधबार २० साउन २०७८

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीलाई छुटाउन आश्वासन दिएको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले संकते गरेका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले ओलीलाई सरकारमा साथ दिने शर्तमा चौधरीलाई छुटाउन भित्रि पहल चालेको संकेत मिलेको हो । मंगलबार जसपा संसदीय दलको बैठकमा पनि ठाकुरले सत्ता साझेदारीबारे गृहकार्य दल कार्यदल गठन गर्ने सहमति भएको बताएका छन् । ठाकुरले २३ फागुन विहान ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमै भेटेका थिए ।

कैलालीको टीकापुर घटनामा मुछिएका घटनाका मुख्य आरोपी जसपाका सांसद रेशमलाल चौधरीलाई उच्च अदालत दीपालयले गत पुसमा जन्मकैद हुने जिल्ला अदालत कैलालीको फैसला सदर गरेको थियो ।

२०७२ भदौ ७ मा टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सो प्रकरणमा ०७५ फाुगन २२ गते जिल्ला अदालतले गरेको फैसला उच्च अदालतमा पुगेपछि यस्तो फैसला आएको थियो

hellotikapur

८० पटक हेरिएको

तपाईको प्रतिक्रिया