Friday, October 30

नेकपा पर्सा जिल्लाका नेता अरविन्द सिंहलाई कोरोना संक्रमण ,स्वास्थ्य गम्भीर हेलिकप्टरबाट काठमाडौं ल्याइएको

August 5, 2020 135

नेपाल कम्युनिष्ट पार्टीका पर्सा जिल्लाका नेता अरविन्द सिंहलाई कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षणसहित स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

उनका भान्जा शिवजी गुप्ताका अनुसार सिंहलाई चार पाँच दिनदेखि खोकी लगायत स्वास्थ्य समस्या देखिएको थियो।

तर कोरोनाको आशंकामा पीसीआर परीक्षण गर्दा त्यसमा कोरोना देखिएन।

मंगलबारदेखि स्वास्थ्य स्थिति झन् जटिल भएपछि प्रभु हस्पिटल भर्ना गरिएको थियो।

अस्पतालमा उपचारपछि पनि लक्षणमा सुधार देखिएन।

निमोनिया, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालले सुविधाप्राप्त अस्पतालमा उपचार गराउन सुझाव दिएका कारण उनलाई काठमाडौं ल्याइएको उनका भान्जा शिवजी गुप्ताले नेपालखबरलाई बताए।

Source Nepalkhabar

प्रतिकृया दिनुहोस्