Friday, October 30

कोरोना विरुद्धको खोपमा बेलायतका बैज्ञानिकले ठूलो सफलता हात पारेसँगै डब्लुएचओले गर्यो स्वागत

July 22, 2020 80

काठमाडौं- विश्भर कोरोना भाइरसको महामारी बनिरहेका बेला विभिन्न देशहरु खोप बनाउन प्रतिप्रर्धामा लागेका छन् । यसैबिच अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकले बनाएको कोरोना भाइरस विरुद्धको खोपले सकारात्मक परिणाम दिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले त्यसको स्वागत गरेको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रेयानले स्वागत गर्दै कोरोना संक्रमण रोक्नका लागि अझै काम गर्न आवश्यक भएको संगठनले उल्लेख गरेको छ ।

रेयनाले अझै पनि महामारीको खतरा रहेको भन्दै जबसम्म खोपको पूर्ण सफलता मिल्दैन तबसम्म जीवन बचाउन आवश्यक रहेको बताए । अन्तराष्ट्रिय मिडियाका अनुसार कोभिड–१९ विरुद्धको खोप विकासमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हात पारेको छ । खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने सङ्केत दिन थालेको छ ।

एक हजार ७७ जनामा गरिएको परीक्षणमा खोपले एण्टीबडी र सेतो रक्तकोषिका बनाएको र त्यसले कोरोना भाइरससँग लड्न सक्ने देखिएको छ । । बेलायतले यसअघि नै यो खोपको १० करोड डोज अर्डर गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्