मंगलबार १४ मंसिर २०७८

दमक, मोटरसाईकलको ठक्करवाट दमकका व्यवसायी इन्द्र भुजेलको मृत्युभएको छ । दमक ५ स्थित बुद्धचौंक नजिक सडकखण्डमा आज बेलुका मोटरसाईकल र स्कुटर एकापसमा ठक्कर खादाँ स्कुटरमा सवार दमक ८ का ५० बर्षिय भुजेलको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक भुजेल दमक ८ मा रहेको इन्द्र साउण्ड एण्ड टेन्ट हाउसका सञ्चालक हुन् ।

इप्रका दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार दमक ५ स्थित सडकखण्डमा आज वेलुका ९ .१० मिनेट जादाँ पूर्ववाट पश्चिमतर्फ जादै गरेको प्र–१–०१–०१३ प.८७६६ को मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ को स्कुटर एकापस जुधेको थियो । दुर्घटनामा सख्त घाईते भएका स्कुटर चालक भुजेललाई दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्युभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गंभीर घाईते भएका मोटरसाईकल चालक दमक ९ का अन्दाजी २६ बर्षिय सन्जोक सुन्दासको स्थानीय निम्स अस्पतालमा उपचार हुन नसकि थप उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा पठाईएको प्रनाउ कार्कीले वताए । घाईते सुन्दासको अवस्थामा समेत जटिल भएको बताईएको छ ।

pathivarapost

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया