Friday, October 23

पुष्प अधिकारीले सञ्चालन गर्दै आइरहेको केयर बालगृह विवादमा मुछिएपछि बालगृहमा रहेका ११ बालबालिकाको उद्धार

August 5, 2020 308

काठमाडौं २१ साउन / अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको शिशु प्रकरणले काठमाडौं कपन स्थित पुष्प अधिकारीले सञ्चालन गर्दै आइरहेको केयर बालगृह विवादमा मुछिएपछि बालगृहमा रहेका ११ बालबालिकाको उद्धार गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद र केन्द्रीय बालबालिका खाेज तलास समन्वय केन्द्रकाे अगुवाइमा बूढानीलकण्ठ नगरपालिका महिला बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र ११ वडा अध्यक्ष राजु अधिकारीको सहयाेग र राेहवरमा केयर बालगृहमा रहेका ११ जना बालिकाहरूकाे उद्धार भएको हो ।

तस्बिर : प्रदिप डंगोल 

वैदेशिक रोजगारीबाट फर्केकी महिलाको शिशुलाई जानाजान कार्टुन राखेर भेटिएको भनी भ्रामक हल्ला फैलाएपछि केयर बालगृहकि संस्थापक अधिकारी विवादमा मुछिएका हुन् । अहिले शिशुलाई आमाकै शरणमा एक संस्थामा राखिएको छ ।chautari daily

प्रतिकृया दिनुहोस्