Thursday, November 26

बुधबार काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

August 5, 2020 159

काठमाडौं २१ साउन / बुधबार काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज देशभर ३२१ जनामा कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा लकडाउन खुले संगै कोरोना संक्रमित सङ्ख्या दिनानुदिन बढिरहेको छ । पछिल्लो २४ घन्टाभित्र मुलुकमा ३ सय ८१ संक्रमित थपिएसँगै कुल सङ्ख्या २१ हजार ३ सय ९० पुगेको छ ।

आज १ सय ३० जना कोरोना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या १५ हजार १ सय ५६ पुगेको छ । त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको छ ।

प्रतिकृया दिनुहोस्