Thursday, November 26

काठमाडौंमा भूकम्पको धक्का

August 5, 2020 131

काठमाडौं २१ साउन / मंगलबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो ४ बजे ३० मिनेट आसपासको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । केही सेकेन्डसम्म महसुस गरिएको धक्का धेरै ठूलो भने थिएन ।

३.५ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु ललितपुरको बंगलामुखी मन्दिर आसपास भएको भूकम्प मापन केन्द्रको जानकारी दिएको छ । साे भूकम्प गाेरखा भूकम्पकाे पराकम्प नभइ नयाँ भूकम्प भएकाे जनाइएकाे छ ।

मंगलबार राति पनि काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रेक्टर स्केलको भूकम्पको धक्का गएको बताएको थियो ।

सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको थियो ।

प्रतिकृया दिनुहोस्