Monday, November 30

ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर उपत्यकामा ३.५ रेक्टरको भूकम्प गएको छ

August 5, 2020 159

काठमाडौँ — ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो साढे ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पको धक्का उपत्यकाको विभिन्न स्थानमा महसुस गरिएको थियो । सानो म्याग्नीच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रकी प्रमुख मोनिका झाले कान्तिपुरलाई बताइन् ।

Source Kantipur online

प्रतिकृया दिनुहोस्