मंगलबार १२ आश्विन २०७८

रुकुम पश्चिम – नेपाल कम्युनिस्ट पार्टीले असारे विकासको नाममा भ्रष्टाचार गर्ने वडाअध्यक्षलाई कारवाही गरेको छ । नेकपाले उपभोक्त समितिसँग पैसा मागेर भ्रष्टाचार गरेको भन्दै वडाअध्यक्षलाई कारवाही गरेको हो ।

नेकपा सानीभेरी गाउँकमिटीले पदको दुरुपयोग गरि भ्रष्टाचार गरेको भन्दै सानीभेरी गाउँपालिका वडा नं ८ का अध्यक्ष सशिराम बुढाथोकीलाई जनकारवाही गरिएको हो । अध्यक्ष सशिराम बुढाथोकीले छहरेपानी तल्लो आमडाँरा सिँचाई आयोजना उपभोक्त समितिबाट तीन लाख भ्रष्टाचार आरोप लागेको थियो ।

बुढाथोकीले भ्रष्टाचार गरेको उजरी परेपछि छानविन गरी कारवाही गरिएको बताइएको छ । स्थानीयको उजुरीका आधारमा जुत्ता माला र कालो मोसो लगाई जनकारवाही गरिएको नेकपा सानीभेरी गाउँसमितिले जनाएको छ । उक्त उजुरीमाथि अध्ययन गर्दा भ्रष्टाचार गरेको पुष्टि भएकाले जनगुनासोलाई ध्यानमा राख्दै कारवाही गरिएको नेकपाले जनाएको छ ।

अध्यक्षले भ्रष्टाचार गरेको रकम तुरुन्त उपभोक्ता समितिलाई फिर्ता गर्न निर्देशन दिँदै उक्त रकम फिर्ता नगरिए र यस्तै हर्कत जारी राखे थप कारवाही गर्न बाध्य हुने चेतावनी दिएको छ । जिल्लामा सबै स्थानीय तहका जनप्रतिनिधिहरूले गाउँपालिका, नगरपालिकामा चरम भ्रष्टाचार अनेमियता गरिरहेको भन्दै सबैलाई सचेत समेत गराएको छ ।

राज्यको ढुकुटीलाई दुरुपयोग गरिएको चुनावी भ्रष्टाचार उठाउँदै आगामी निर्वाचनको तयारी गर्दै राज्यको ढुकुटी दुरुपयोक गर्ने गरेको व्यापक जनगुनासो उजुरी आउने क्रम जारी रहेकाले सो उजुरीलाई आधार मान्दै अध्यान गरि भ्रष्टचार गरेको पुष्टि हुनआएमा जनकारवाही गरिने नेकपा रुकुम पश्चिमले जानकारी दिएको छ ।

sulavkhabar

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया