मंगलबार १२ आश्विन २०७८

वैदेशिक रोजगारमा जानेले उपत्यकाका चार अस्पतालबाट खोप प्रमाण पत्र लिन सक्ने भएका छन्।स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार शुक्रराज ट्रपिकल टेकुपाटन अस्पताल, सिभिल अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा प्रमाणपत्र लिन सक्ने भएका हुन्।

टेकु अस्पतालबाट मात्रै खोप प्रमाणपत्र दिँदा भिडभाड बढेपछि अन्य अस्पतालबाट पनि प्रमाण पत्र दिन थालिएको डा. गौतमले बताए। अब भने सहज हुने उनको विश्वास छ। तर काठमाडौं उपत्यकामा जोन्सन एण्ड जोन्सन खोप सकिइसकेको उनले जानकारी दिए।‘जोन्सन खोप थोरै भएका कारण हामीले सबै जिल्लामा त्यहाँको जनसंख्याको अनुपातका आधारमा पठाइसकेका छौँ। जिल्लाका खोप केन्द्रमा नसकिएसम्म पाइन्छ,’ डा गौतमले सेतोपाटीसँग भने।

प्रहरी अस्पताल र सैनिक अस्पतालबाट वैदेशिक रोजगारमा जानेहरुलाई भेरोसेल खोप भने दिइरहेको उनले बताए।
भेरोसेल खोप पहिलो डोज लगाइसकेपछि दोस्रो लगाउन झण्डै चार हप्ता कुर्नुपर्ने भएकाले एक महिनापछि वैदेशिक रोजगारीमा जानेहरुले लगाउन सक्ने उनले बताए।

तर कतिपय मुलुकहरुले भेरोसेल खोपलाई मान्यता नदिएकाले यो खोपमा आकर्षण कम देखिएको छ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले भेरोसेल खोपको मान्यताका सम्बन्धमा परराष्ट्र मन्त्रालयले विश्व स्वास्थ्य संगठनसँग समन्वय गरी सहजीकरण गर्ने आश्वासन दिएको बताए।

sulavkhabar

१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया