Thursday, December 3

मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि

August 5, 2020 127

वीरगञ्ज । पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पखाला लगेपछि उपचारका लागि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा सोमबार बाटोमै ज्यान गुमाएकी उनको स्वाब परिक्षण गर्दा मंगलबार पोजेटिभ रिपोर्ट आएको छ । पोखरिया–८ जगतपुर घर भएकी उनी मामा घरमा बस्दै आएकी थिइन् । यससँगै पर्सामा कोरोना कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्