
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि माधव नेपाल समूह अ’सन्तुष्ट बनेको छ ।
सर्वोच्चको फैसलापछि पूर्व नेकपा एमाले र माओवादी पूर्व हैसियतमा पुगे पनि एमाले अध्यक्षको हैसियतले ओलीले बैठक बोलाउन ढिला गरेपछि नेपाल समूहले लागातार आफ्नो समूहको बैठक राख्दै आएको छ । बुधबार केन्द्रीय समिति सदस्यहरुबीच छलफल गरेको माधव पक्षले बिहीबार स्थायी समिति सदस्यहरुबीच छलफल गरेको छ ।
‘नेकपा एकता हुन नसक्ने र एमाले माओवादी अलगअलग हुने सर्वोच्चको फैसला ति’तो भएपनि त्यो स्थितिमा नेकपा एमालेलाई एकतावद्ध गरेर विधि, प्रणाली र पद्दतिबाट कसरी अघि बढ्ने, हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यस सम्बन्धमा के गर्ने भन्नेमा छलफल गर्न यथासिघ्र बैठक बोलाउनुपर्ने, छलफल होला भन्ने अपेक्षा गरेका थियौँ ।’
‘त्यो नभएपछि यति ठुलो नेकपा त हामीले गुमायौ, फेरि एमालेको शक्ति पनि गु’माउ’नुपर्ने त होइन भन्नेमा हामीलाई चिन्ता लागेको छ’, स्थायी समिति सदस्य भिम रावलले भने ।’
यसै क्रममा नेपाल-खनाल समूहले ओली प्रवृत्तिवि’रुद्ध वक्तव्य निकाल्ने भएका छन्। पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको बिहिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले ओलीका पछिल्ला गतिविधि पार्टी हितप्रतिकूल रहेको भन्दै वक्तव्य नै निकालेर वि’रोध, असहमति प्र’कट गर्ने नि’चोड निकालेकोएक नेताले बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी ढंगले अघि बढेको, नवौं महाधिवेशनको विधान, नीति, कार्यदिशाविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै ओली इ’तर समूहलाई विज्ञप्ति निकालेरै सशक्त प्र’तिका’र गर्ने निष्कर्ष निकालेको हो।
etajakhabar