बिहिबार १६ मंसिर २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघको भेलामा उनले फेरि पनि जनतासँग जोडिने गरी पार्टीलाई सशक्त बनाउने सोचका साथ अगाडि बढेको बताए ।

अब आफूू राजधानी बस्नेभन्दा पनि पार्टी सुदृढीकरणको अभियानमा देशव्यापीरुपमा खटिने जानकारी दिँदै उनले मुलुकका लागि फेरि पनि बलिदान गर्छाँै भन्ने पूर्वसहकर्मीको भनाइले आफूलाई जनताको पक्षमा लाग्न थप ऊर्जा मिलेको बताए । “हिजो मुलुक परिवर्तनका लागि ज्या नको बाजी लगाएर सशस्त्र युुद्धमा होमिएका साथीहरु आज विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्, तर पनि उनीहरु मुलुकका लागि बलिदान गर्न परे फेरि स्वदेश फर्कन्छौँ भन्दै छन्”, अध्यक्ष दाहालले भने ।

जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न अन्य शक्तिको साथमा क्रान्ति गर्न खोजिएको भए पनि त्यसबाट सफलता हासिल नभएको उनले बताए । “जनसंघर्षबाट प्राप्त उपलब्धिका विरु द्ध अहिले पनि ह मला भइरहेको छ, हामी आफ्नै खुुट्टामा उभिने गरी तयारी गरिरहेका छौँ, केही समय योसँग उभिने, उसँग मिले होला कि भनेर सहकार्य गरियो”, उनले भने, “तर आफ्नै साथीहरु छुट्दा, आफैँ कमजोर भएको पक्कै हो, अब आफ्नै खुुट्टामा उभिने र पूराना साथीहरुलाई एकताबद्ध बनाएर लैजाने विश्वासका साथ लागेको छुु ।”

जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशीविदेशी तत्व लागि परेको बताउँदै उनले त्यस्ता षडयन्त्रलाई पररास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “राष्ट्र र परिवर्तनको आन्दोलनका विरुद्ध देशभित्र र बाहिरका प्रतिक्रियावादीले ठूलो षड्यन्त्र गरिरहेका छन्”, उनले भने, “हामीले त्यसलाई परारस्त गर्नुछ, गरिन्छ पनि, किसान, मजदुर, उत्पीडित जनसमुदायसँग जोडियौँ भने हामीले शान्तिपूर्णरुपमा यु द्ध जित्छौँ ।”

यसैबीच अध्यक्ष दाहालले आजै जनयु’द्धकालका शहिद भरत ढुंगानाको स्मृतिमा प्रकाशित गरिएको ‘भरत ढुंगाना समृति’ ग्रन्थको सार्वजनिक एवम् परिचर्चा कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्यका लागि आफू तयार रहेको बताए । उनले वैचारिक छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिने भन्दै अध्यक्ष दाहालले त्यसका लागि आग्रह गरे ।

उनले आफूले कहिल्यै पनि गलत नियत नराखेको बरु, राम्रो काम गर्न खोज्दा खोज्दै पनि कमजोरी भएको भन्दै सच्याउनका लागि तयार रहेको बताए । कार्यक्रममा बोल्दै प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गरेका छन् ।

‘शास्त्रार्थ गरौं, जसले जित्छ त्यसलाई सबैले मानौं, म शास्त्रार्थका लागि तयार छु’ उनले भने, ‘कति दिन बस्नुपर्ने हो बसौं, इमान्दारिताका साथ बसौं, तपाईहरुले जित्नुभयो भने म तापाईका पछि लाग्छु ।’

etajakhabar

१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया