शुक्रबार १० बैशाख २०७८

काठमाडौँ – पुनःस्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिविरुद्ध शान्तिपूर्ण यु द्ध ल’ड्नुपर्ने बेला आएको बताएका छन्।

बिहीबार पार्टी निकट नयाँ स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले फेरि यु द्ध सुरु गरौँ भन्ने आशयका साथ साविक नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सचिवालयमा १९ पृष्ठ लामो प्रस्ताव पेश गरेको उल्लेख गरेका हुन्।

उनले आफूले ओलीसँग मिलेर अघि बढ्न सकिँदैन भनेर नै जानीबुझी राजनीतिक प्रतिवेदन तयार पारेको जानकारी दिए। असन्तुष्टि चुलिएपछि प्रचण्डले गत कार्तिक २८ गते सचिवालय बैठकमा आलीविरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै कडा खालको प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनपछि नेकपा विवादमा झन् जटिलतामा फसेको थियो।

स्वास्थ्यर्कीको भेलालाई सम्बोधन गर्दै दाहालले भने, ‘केपी प्रवृत्तिका विरुद्ध १९ पृष्ठ लेख्दा फेरि जनयु’द्ध सुरु गरौँ भन्ने लागेको थियो। अहिले पनि लागेकै छ। केपी प्रवृत्तिविरुद्ध जानीबुझी, फेरि जेल जान पनि तयार म’र्न पनि तयार भएरै प्र’हार गरेको हो।’

‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीविरुद्ध तत्कालीन नेकपाको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई अर्को ‘जनयु’द्ध’को संज्ञा दिएका छन्।

‘केपी प्रवृत्तिविरुद्ध ल’ड्नुपर्छ भनेर नै प्रतिवदेन लेखेको हुँ। त्यो प्रतिवेदन लेख्दै गर्दा अर्को तरिकाले जनयु’द्ध गर्न लागेको भान मलाई भएको थियो,’ प्रचण्डले भने, ”ब्याटल’ जित्यौँ, ‘वार’ जितेका छैनौं।’ एकप्रकारको शान्तिपूर्ण यु’द्ध अहिले पनि निरन्तर रहेको उल्लेख गर्दै प्रचण्डले प्रतिनिधि सभा पुर्नबहालीले ‘ब्याटल’ जितेको उनले बताए।

आफ्नै खुट्टामा उभिने र आफ्नै धर्तिसँग जोडिने अभियान सुरु गरेको समेत उनले बताए। केही समय यताउता भएको बताउँदै प्रचण्डले क्रान्तिकारीहरू नै आफूहरूको आधार भएको बताए।

‘देशव्यापी अभियान चलाउने सोचिरहेको छु। उपलब्धिलाई परास्त गर्न लागेका छन्। २/४ वर्ष काठमाडौं बाहिरै बसेर त्यसविरुद्ध ल’ड्ने बस्ने सोंचमा छु,’ देशव्यापी अभियान चलाउनेतिर सोचिरहेको छु, दाहालले अगाढि भने, ‘फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेका छु। काठमाडौँमा नबस्ने सोच बनाएको छु। हाम्रा विरुद्ध षड्यन्त्र भएको छ। हिजो सबै वर्ग तत्वका विरुद्ध लडौँ त्यसैगरी आफ्नो खुट्टामा उभिनै पर्छ।’

चीनमा माओत्सुङले ७२ वर्षको उमेरमा सांस्कृतिक क्रान्ति गरेको स्मरण गर्दै उनले भने, ‘म ६७ वर्षको भएँ। उपलब्धि गुम्न लागेका छन्। म छोड्नेवाला छैन।’

पार्टीभित्र वि’वाद बढ्दै गएपछि प्रचण्डले १९ पृष्ठको छुट्टै प्रतिवदेन तत्कालीन नेकपाको सचिवालय बैठकमा पेस गरेका थिए। उक्त प्रस्ताव फिर्ता गर्न ओली पक्षले दबाब दिएपनि प्रचण्डले छलफलको विषय हुनुपर्नेमा जोड दिएका थिए।

प्रचण्डको उक्त प्रतिवदेनपछि विवाद बढेर नेकपा विभाजन उन्मुख भएको थियो। फागुन २३ मा सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई अवैधानिक भएको उल्लेख गरेपछि दुवै पार्टी एकताअघिकै अवस्थामा फर्किएका छन्।

etajakhabar

११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया